एट्लेटिकोलाई हराउदै ला लिगाको दोस्रो स्थानमा उक्लियो रियल म्याड्रिड

एट्लेटिकोलाई हराउदै ला लिगाको दोस्रो स्थानमा उक्लियो रियल म्याड्रिड

एजेन्सी– रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुग्न सफल भएको छ । शनिबार राती एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले एट्लेटिकोलाई ३–१ पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लिन सफल भएको हो ।

खेलको १६ औँ मिन्टबाट अग्रता बनाएको रियलका लागि सुरुवाती गोल क्यासेमिरोले गरे । पहिलो गोलको ९ मिनेटमै एन्टोइन ग्रिज्मनले रियलको अग्रतालाई बराबरीमा रोक्यो ।

खेलको ४२ औँ मिनेटमा जोसे जिमिनेजले गरेको फलबाट रियलले पेनाल्टी पायो रियलका कप्तान सर्जियो रामोसले पेनाल्टीलाई सहज गोल बनाउँदै पुन रियललाई अग्रता दिलाए । पहिलो हाफ यतिमै सिमित रह्यो ।

दोस्रो हाफमा खेलको ७४ औँ मिनेटमा रियलकातर्फबाट वैकल्पिक रुपमा मैदानमा आएका ग्यारेथ बेलले गोल गर्दै रियलको लागि ३–१को जित कायमाल गरे ।

जितसँगै २३ खेल खेलेको रियल ४५ अंक सहित दोस्रो स्थानमा पुगेको छ । २३ देल नै खेलेको एट्लेटिकोको ४४ अंक छ भने तालिकाको तेस्रो स्थानमा रहेको छ ।

२२ खेल खेलेको बार्सिलोना ५० अंकसहित पहिलो स्थानमै छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु