Breaking News

तामाङ सोसाइटी अफ लस एन्जल्सको ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा

तामाङ सोसाइटी अफ लस एन्जल्सको ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा
  • आशिष तामाङ

अमेरिका– तामाङ सोसाइटी अफ लस एन्जल्स अमेरिकाद्धारा आयोजना हुन लागेको ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको जनाईएको छ ।

अमेरिकाको क्यालिफोर्निया स्थित लसएन्जल्समा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका व्यक्तीहरुको संक्रियतामा खोलिएको उक्त संस्थाले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि नयाँ बर्ष २०१९ को अवसर पारेर फेब्रुअरी १० मा तामाङ समुदायको २८५५ औं सोनाम ल्होछार विशेष कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष टेक वाईबा लामाले जानकारी दिएका छन् ।

उनले नेपालका विभिन्न जातिका छुट्टा–छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली लसएन्जल्स नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था तामाङ समाज भएको बताए ।

अध्यक्ष लामाले प्रवासमा रहेर पनि आफ्नो देश र जातीको संस्कृतिको जोगाउनु सिङ्गो नेपालको लागि गौरव भएको उल्लेख गर्दै मनोरञ्जनले भरिपूर्ण ढंगले ल्होछार मनाउन लागीएको बताएका छन् । उनले यस संस्थाले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबद्र्धन र सम्बर्धन गर्नमा लागि परिरहेको समेत दावी गरे ।

अध्यक्ष लामाका अनुसार यस बर्षको सोनाम ल्होछारलाई भब्य बनाउन बिशेष आकर्षणका रुपमा गायक किङ सागर एस वाइबा तामाङ नेपालबाट आउने जानकारी दिए । गायक सागरको साथमा स्थानिय कलाकारहरुले समेत बिबिध प्रस्तुतिसहित भरपुर मनोरञ्जन दिने अध्यक्ष लामाको भनाई थियो ।

संस्थाका अध्यक्ष टेक वाईबा लामाले क्यालिफोर्नियामा रहेका सम्पूर्ण नेपालीबासीहरुलाई उक्त कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन समेत गोकर्णेन्युज मार्फत निमन्त्रणा गरेका छन् ।

उक्त कार्यक्रममा अमेरिकामा रहेका विभिन्न संघ संस्थाहरु बाट लगाएत नेपाल, युरोप अस्ट्रेलिया, र अमेरिका भरिका ५० पचासवटा राज्यहरूबाट तामाङ हरूको भेला रहने आयोजकले जानकारी दिएको छ ।

सोसाईटीले फेब्रुअरी १० तारिखमा तारा हिमालयन कुजिन आर्टेशिया शहरमा ल्होछार पर्ब विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा मनाउने छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु