भोलीको लागी तय भएको ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम मौसमका कारण स¥यो

भोलीको लागी तय भएको ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम मौसमका कारण स¥यो

आशिष तामाङ,
काठमाडौं –भोलीको लागी तय भएको ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम मौसम प्रतिकुलका कारण फागुन ४ का लागी सारिएको छ ।

नेपाल बुद्धिष्ट तामाङ सुधार समितीद्धारा आयोजना हुन लागेको ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा पुग्दै गर्दा प्रतिकुल मौषमका कारण कार्यक्रम सार्नु परेको एक विज्ञप्ती मार्फत जानकारी गराईको छ ।

समितिले २८५५ औ फा ल्हो (बदेंल बर्ग) सोनाम ल्होसारको अवसरमा गोनपा ४ स्थित माकलबारीको बस पार्कमा गर्न लागिएको बृहत सांस्कृतिक कार्यक्रमको गर्ने तय भएको थियो।
२ दिन देखिको लगातार बर्षाका कारण कार्यक्रम प्रभावकारी र सबै समुदाय सहभागी हुन नसक्ने अवस्था सृजना भएपछि फागुन ४ शनिवारका गर्ने निर्णय गरिएको नेपाल बुद्धिष्ट तामाङ सुधार समितीका महासचिव गिरी बहादुर तामाङले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरु गायक तथा संगीतकार अमृत लामा,गायक तथा गीतकार जीवन बोम्जन,गायिका सुनिमाया मोक्तान,गायक शेरब रुम्बा, कर्म थिङ्ग तामाङ, हस्याकार दिलिप तामाङ को साथमा स्थानिय कलाकारहरु बिपिन्द्र थिङ्ग तामाङ,सागर ग्लान तामाङ, सीता तामाङको उपस्थितिमा कार्यक्रम गर्ने तय भएको थियो ।

समितिले विज्ञप्ती मार्फत भनेको छ पूर्वनिर्धारित ठाँउमै कार्यक्रम रहने जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु