डोल्पामा हिम पहिरोले खोला थुनियो,स्थानीय त्रसित

डोल्पामा हिम पहिरोले खोला थुनियो,स्थानीय त्रसित

डोल्पा – निरन्तर परेको भारी हिमपात र वर्षाका कारण हिउँ पहिरो जान थालेको छ। हिउँ पहिरोको कारण फोक्सुण्डो तालबाट आउने खोला थुनिएको छ। हिउँ पहिरोको कारण फोक्सुण्डोबाट आउने सुलिगाड खोला थुनिए पछि स्थानीय त्रसित भएका छन्।

साविकको फोक्सुण्डो गाविसअन्तरगत पर्ने थाचा खोला,ज्यालस लगायत दर्जन ठाउँमा हिउँ पहिरो खसेपछि खोला थुनिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

हिउँ पहिरोले खेला थुनेपछि सुलिगार्डको खोलामा ३० प्रतिशत मात्रै पानी बगिरहेको छ। पानीको मात्रा कम भएपनि खोला किनारा नजिक मानव वस्ती भएकाले घटनाको थप जानकारी लिन निकुञ्ज र नेपाली सेनाको टोली घटनास्थलतिर गएको रेन्जर अरुण चौधरीले जानकारी दिए।

आधा दर्जन बढी ठाउँमा हिउँ पहिरोका साथै पहिरो गएको छ भन्ने खबर पाएका छौं, पानीको बहाब खोलामा बढीरहेको छ, आफूहरु घटनास्थलतिर जाँदै गरेको ईश्वरी बस्क गुल्म शुलिगार्डका गुल्मपति जिनेथ जबेगुले जानकारी दिए।

हिउँ पहिरोले खोला थुनिएको र हालसम्म मानवीय क्षति भने नभएको निकुञ्जका कर्मचारीले बताए। निरन्तर तीन दिनदेखि परेको भारी हिमपात र वर्षाका कारण यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्।

डोल्पामा हिमपातको कारण जनजीवन पूरै प्रभावित भएको छ भने एक फिटभन्दा बढी हिउँ जमेको छ। तापक्रम माइनस १२ पुगेको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु