ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा -बुद्धिष्ट तामाङ सुधार समिती

ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा -बुद्धिष्ट तामाङ सुधार समिती

आशिष तामाङ,
काठमाडौं –नेपाल बुद्धिष्ट तामाङ सुधार समितीद्धारा आयोजना हुन लागेको ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको जनाईएको छ ।

समितिले २८५५ औ फा ल्हो (बदेंल बर्ग) सोनाम ल्होसारको अवसरमा गोनपा -४ स्थित माकलबारीको बस पार्कमा गर्न लागिएको बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको समितिका महासचिव गिरीबहादुर तामाङले जानकारी दिए ।
महासचिव तामाङले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउन लागिएको बताए । उनले तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्न उदेश्य अनुरुप यो कार्यक्रम गर्न लागेको बताए ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरु गायक तथा संगीतकार अमृत लामा,गायक तथा गीतकार जीवन बोम्जन,गायिका सुनिमाया मोक्तान,गायक शेरब रुम्बा, कर्म थिङ्ग तामाङ, हस्याकार दिलिप तामाङ को साथमा स्थानिय कलाकारहरु बिपिन्द्र थिङ्ग तामाङ,सागर ग्लान तामाङ, सीता तामाङको बेजोड प्रस्तुती रहने महासचिब तामाङले जानकारी दिएका छन् ।

समितिले १९ गते नाटाङ डाँडा, राउतवेशी नुवाकोटमा निशुल्क आँखा शिविर कार्यक्रम समेत सम्पन्न गरेको छ ।, बृहत सांस्कृतिक कार्यक्रम यहि २६ गते गोनपा -४ स्थित माकलबारीको बस पार्कमा हुनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु