नाइट्रोभेट लागुऔषधसहित नागढुंगाबाट एक पक्राउ

नाइट्रोभेट लागुऔषधसहित नागढुंगाबाट एक पक्राउ

काठमाडौं– प्रहरीले नागढुंगाबाट नाइट्रोभेट ७५० ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको ना८ख १८०८ नम्बरको बसमा चेकजाँच गर्ने बेला सोलुखुम्बु सल्लेरीका २० वर्षीय छिरिङ शेर्पालाई लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरेको हो ।

बुधबार बिहान नागढुंगा चेकपोस्टबाट शेर्पालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो । प्रकाउ परेका शेर्पामागि थप अनुसन्धान भइरहेको र अनुसन्धान पछि उनीमाथि कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु