Breaking News

पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष भुपराज बस्याल २ सातादेखि जेलमा

पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष भुपराज बस्याल २ सातादेखि जेलमा

काठमाडौं  – नेपाल पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन्। २ साताअघि युएइ प्रहरीले उनलाई पक्राउ गरेर सेन्टर जेलमा राखेको युएइस्थित नेपाली दुतावासले जनाएको छ।

चिनियाँ नागरिकसँग आर्थिक लेनदेनमा विवाद भएको र विवादपछि बस्यालको कुटाइबाट चिनियाँ नागरिक घाइते भएपछि उनलाई पक्राउ गरिएको जानकारी दुतावासलाई प्राप्त भएको दुतावासका एक अधिकारीले जानकारी दिए।

युएइमा चिनियाँ नागरिकसँग मिलेर बस्याल दाजुभाइले प्रिन्टिङ सम्बन्धि काम गरेको थिए। पैसा नतिरेपछि उनका दाजु केही वर्षअघि कतार पलायन भएका थिए।

युएइमा भएका नेपालीहरुले भने बस्याललाई नियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । उनीहरुले उनको रिहाइको माग गरेका छन् । युएइ प्रहरीले भने बस्याललाई डिपोटको तयारी गरिरहेको दुतावासले जनाएको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु