Breaking News

मनोहरा खहरेचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु,टिपर चालक फरार

मनोहरा खहरेचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु,टिपर चालक फरार

काठमाडौं  – काठमाडौंको मनोहरा नगरपालिका–७ खहरेचोकमा गएराति टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीहरुका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको सुन्ताखान बस्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का २० बर्षीय श्याम विक छन् । उपचारको क्रममा विकको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा गएराति २ बजे मृत्यु भएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका २३ बर्षीय निशान विकको राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ । निशान र श्याममध्ये मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

गएराति साढे १२ बजे ना५ख ८०८४ नम्बरको टिपरले विकद्वय सवार बा५४प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु