Breaking News

नेपालमा काम गर्ने भारतीयहरुलाई अनिवार्य श्रम स्वीकृति लिने व्यवस्था गर्न रोजगार प्रतिष्ठानहरुलाई निर्देशन

नेपालमा काम गर्ने भारतीयहरुलाई अनिवार्य श्रम स्वीकृति लिने व्यवस्था गर्न रोजगार प्रतिष्ठानहरुलाई निर्देशन

काठमाडौं – सरकारले नेपालका उद्योग तथा कलकारखानाहरुमा काम गर्ने भारतीयहरुले अनिवार्य रुपमा श्रम स्वीकृति लिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

श्रम तथा व्यावसायजन्य सुरक्षा विभागले आज रोजगार प्रतिष्ठानहरुलाई पत्राचार गरी भारतीय कामदारहरुको संख्या अद्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए अनिवार्य रुपमा लिने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रतिष्ठानमा काम गर्ने भारतीयहरुको नाम तथा पदसहितको विवरण पठाउन पनि निर्देशन दिइएको छ ।

नेपालमा असंगठीत क्षेत्रदेखि, विभिन्न कलकारखाना, होटल, उद्योग प्रतिष्ठानहरु, विकास आयोजना र शैक्षिक संस्थाहरुमा ठूलो संख्यामा भारतीय नागरिकहरु कार्यरत रहेका छन् । तर उनीहरुको कुनै अभिलेख भने रहेको छैन ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु