Breaking News

घेदुङ अध्यक्ष गोलेले दिए यस्तो चुनौंति– ‘ल्होछारमा तोप नपड्काए मेरो छातिमा पड्काऊ’ (भिडियो)

घेदुङ अध्यक्ष गोलेले दिए यस्तो चुनौंति– ‘ल्होछारमा तोप नपड्काए मेरो छातिमा पड्काऊ’ (भिडियो)

काठमाडौं– तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा टुँडिखेलमा भएको बृहत साँस्कृतिक कार्यक्रमलाईलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले ल्होछारमा तोप पड्काएर सम्मान नदिने हो भने आफ्नो छातिमा तोप पड्काएर आफूलाई उडाउन सरकारलाई चुनौति दिएका छन् । हिन्दु पर्व दशैंमा फूलपाति भित्र्याउँदा तोप सलामी दिने र आदिवासी जनजातिको पर्वमा विदा समेत कटौति गरेकोमा उनले आक्रोस समेत पोखेका छन् ।

‘फूलपातीको दिन सयौं तोप पड्काएर दशैंको सम्मान गर्छ । यो असमान्ता सहेर अब तामाङ जनता बाँच्न सक्दैन ।’ उनले भने, ‘राज्यसत्ता कठोर हो भने मेरो छाति तोपले उडाई दिनुहोस् । यो तोपमा गणतन्त्र नेपालका प्रधानमन्त्री केपी ओलीले आगो झेस्नुहोस् ।’

असमान्ता र विभेद सरकारले गरिरहेका बताउँदै अध्यक्ष गोलेले राज्य आदिवासी जनजाति प्रति कठोर भएको आरोप लगाए ।

सत्ता पक्ष होस् या प्रमुख प्रतिपक्ष कसैले पनि आफूहरुको मुद्दाको पक्षमा नउभिएको प्रष्ट पार्दै आदिवासी जनजातिहरुको मुद्दाहरुको विषयमा फोराम किन उठ्दैनन् भनेर प्रश्न गरे

प्रदेश ३ मा ७३ प्रतिशत तामाङ समुदाय रहेको भन्दै उनले यहीं खालको विभेद असमान्ताले समृद्ध नेपाल नबन्ने उनको तर्क थियो । अध्यक्ष गोलेले ताम्सालिङ पहिचानलाई सम्मान नगरे विद्रोह हुने चेतावनी दिंदै आफैहरु अब डम्फू बोकेर टुंडीखेलमा नआउने र आवश्यकता परे सिंहदरबार भित्र छिर्ने समेत चेतावनी दिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु