टुँडिखेलमा यसरी मनाइयो ‘सोनाम ल्होछार’ (फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो ‘सोनाम ल्होछार’ (फोटोफिचर)

काठमाडौं– आज सोनाम ल्होछार अर्थात तामाङ समुदायको नयाँ बर्ष । तामाङ समुदायले हरेक बर्षको माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन यो पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

विशेषगरी तामाङ समुदायले मनाउदै आएको ल्होछारले अन्य चाडपर्व जस्तै आफ्नै महत्व बोकेको छ । मञ्जुश्री पात्रोको आधारमा तामाङ समुदायले आजबाट कुकुर बर्षको बिदाई गरी सुँगुर बर्षको स्वागत गरेका छन् । सोही परम्परा र संस्कार अनुसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी काठमाडौं उपत्यकासहितका विभिन्न ठाँउमा सुँगुर बर्षलाई स्वागत गरेका छन् ।

तामाङहरुको सम्वत अनुसार आजबाट १८५५ साल आरम्भ भएको हो । शब्दको आधारमा भन्ने हो भने ल्होछार को अर्थ नयाँ बर्ष हो जसमा लो’को अर्थ वर्ष अर्थात साल हुन्छ भने ‘छार’ को अर्थ नयाँ हुन्छ ।

नयाँ बर्षको अवसरमा यो समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गर्दै खुशियाली साट्ने गर्दछन् । मुख्य गरेर तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गरेका छन् ।

उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ आफन्तसँग भेटघाट गर्ने र भोज खाने चलन रहिआएको छ । पानी रोटीमा विभिन्न मरमसला राखेर बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा मदिरालगायत खानेकुरा पनि खाने चलन छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरेर १२ वर्गमा सोनाम ल्होछारलाई विभाजित गरिएको तामाङ समुदायका ज्ञाताहरुले बताएका छन् ।

तामाङ समुदाय प्रकृति पूजक मानिन्छन । सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले आफ्नो कुलपूजासहित प्रकृतिको पूजा गर्ने गर्दै आएका छन् । तामाङ अगुवा एवं विज्ञहरुका अनुसार ‘ता’ भन्नाले घोडा र ‘माङ’ भन्नाले लडाकु भन्ने बुझिन्छ । यही कारण तामाङहरुलाई नेपालसहित विश्वभर लडाकु मान्ने चलन पुरानो हो ।

सोनाम ल्होछारको अवसरमा आज नेपाल तामाङ घेदुङलगायत संस्थाहरुले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेर शुकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमको अवसरमा तामाङ समुदायसँग सम्बन्धित भेषभूषा, कला तथा संस्कृतिको प्रदर्शन गरेका छन् । सोनाम ल्होछारको अवसरमा आज प्रदेश ३ सरकारले सार्वजनिक विदाको व्यवस्था समेत गरेको छ ।

हेर्नुहोस ११ तस्बिरमाः

 

घेदुङ अध्यक्ष गोलेले दिए यस्तो चुनौंति– ‘ल्होछारमा तोप नपड्काए मेरो छातिमा पड्काऊ’ (भिडियो)

वडा समाचारहरु

सम्बन्धित समाचारहरु