Breaking News

रेवानको निर्णय विरुद्ध आन्दोलनमा होमिए होटल मजदुर,भोलीदेखी होटल-रेष्टुरा ठप्प पार्ने

रेवानको निर्णय विरुद्ध आन्दोलनमा होमिए होटल मजदुर,भोलीदेखी होटल-रेष्टुरा ठप्प पार्ने

काठमाडौं – रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान)ले होटल तथा रेष्टरेन्टुहरुमा सेवाशुल्क वापत लिईदै आएको १० प्रतिशत शुल्क खारेज गरेसँगै मजदुर संगठनहरु आन्दोलित भएका छन् । ३ मजदुर संगठनहरुले रेवानले गरेको निर्णय फिर्ता लिन भन्दै दवाद दिदै आएतापनि रेवानेले उक्त निर्णयलाई खारेज नगरेपछि होटल मजदुर संगठनहरु रेवानका विरुद्ध आन्दोलनमा होमिएका हुन् ।

३ मजदुर संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ २० देखी संघर्षका कार्यक्रम सशक्त रुपमा अगाडी बढाउने र माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय बमोजिम हिजो देखी हड्ताल सुरु गरेका छन् ।

विरोध सभा कार्यक्रममा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट युनियनका अध्यक्ष सुर्य बहादुर कुँवर तथा नेपाल नेपाल पर्यटन तथा होटल संवद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै उनीहरुले यो एउटा ट्रेलर मात्र भएको र रेवानले आफ्नो गलत निर्णय फिर्ता नलिएमा ठूलो संघर्षको रुपमा पूरा फिलिम देखाइदिने चेतावनी दिएका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ (माओवादी), नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन (एमाले) र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ (कांग्रेस)ले रेवानले एकतर्फी र लहडमा गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेकोप्रति खेद प्रकट गदै सच्चाउन २४ घण्टे अल्टीमेटम दिएको थियो तर रेवानले निर्णय नसच्चाई मजदुर तथा श्रमिकको हक हित तथा अधिकारलाई वेवास्ता गरेको भन्दै संघर्षमा उत्रिएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका बरिष्ठ उपाध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

पन्तका अनुसार श्रम ऐन नियम तथा कानुनी मान्यता प्राप्त भई उठाउँदै आएको सेवाशुल्कबाट श्रमिकहरुले थप सुविधा खाइपाई आएको झण्डै १० वर्ष पुरा भैसकेको छ । श्रम ऐन २०७४ को दफा ३४(३)ले रोजगारदाता र श्रमिक बीचको सामूहिक संझौतामा उल्लेख गरिएको अवस्थामा बाहेक श्रमिकले खाइपाई आएको पारिश्रमिक तथा सुविधा घटाउन पाइने छैन भनी उल्लेख गरिएको छ भने सोही ऐनको दफा १७८(३) मा यो ऐन जारी हुँदाका बखत प्रचलित कानून वा सामूहिक संझौताद्वारा ऐनमा उल्लेख गरिए भन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा शर्त र सुविधामा यस ऐनमा उल्लेखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन भनी स्पष्ट छ तर रेवानले यसको ठाडो उल्लघंन गरी निर्णय गरेको छ यसका विरुद्ध देशभरका श्रमिक मजदुर एकभएर न्याएको लडाई लड्ने छन्।

पन्तले सेवा शुल्क हटाउने रेष्टुरेन्टलाई संचालनमा रोक लगाएन भने भोली अर्थात माघ २२ देखी देशव्यापी रुपमा रेष्टुरेन्टहरु ठप्पहुने बताए ।

विरोध कार्यक्रममा नेपाली तथा अंग्रेजीमा लेखिएका प्लेकार्र्डहरु बोकेका हजारौंको संख्यामा होटल मजदुरहरु उपस्थित हुदै आएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु