Breaking News

सिन्धुलीमा तामाङ सांस्कृतिक महोत्सव सुरु

सिन्धुली  – सिन्धुलीमा तामाङ सांस्कृतिक महोत्सव सुरु भएको छ ।

सोनाम ल्होछारको अवसर पारेर तीन दिने सांस्कृतिक महोत्सव सुरु गरिएको हो । ‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मूल नाराका साथ २८५५ औं सोनाम ल्होछारका अवसरमा सिन्धुलीको मरिणमा महोत्सव गरिएको हो ।

नेपाल तामाङ घेदुङ मरिण गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताए ।

महोत्सवमा तामाङ भाषा साहित्यका लोक कलाकारले तामाङ सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सव भोलि सम्पन्न हुने जनाइएको छ ।

सिन्धुली सिन्धुलीमा तामाङ सांस्कृतिक महोत्सव सुरु भएको छ ।

सोनाम ल्होछारको अवसर पारेर तीन दिने सांस्कृतिक महोत्सव सुरु गरिएको हो । ‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो सांस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मूल नाराका साथ २८५५ औं सोनाम ल्होछारका अवसरमा सिन्धुलीको मरिणमा महोत्सव गरिएको हो ।

नेपाल तामाङ घेदुङ मरिण गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताए ।

महोत्सवमा तामाङ भाषा साहित्यका लोक कलाकारले तामाङ सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सव भोलि सम्पन्न हुने जनाइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु