नेकपा कागेश्वरी मनोहरा-१ ले थाल्यो ‘विकासका लागी जनताको श्रम अभियान’

नेकपा कागेश्वरी मनोहरा-१ ले थाल्यो ‘विकासका लागी जनताको श्रम अभियान’

काठमाडौं  – नेकपा कागेश्वरी मानोहर वडा – १ कार्यसमितिले विकासका लागी जनताको श्रम अभियान नारा अनुरुप सरसफाई अभियान थालनी गरेको छ ।

कागेश्वरी मनोहरा -१ लोकतान्त्रीक सहिद उद्यान गागलफेदीमा एक कार्यक्रम गरी सरसफाई कार्यको थालनी गरेको हो । सरसफाई कार्यक्रममा २ किमी सडक तथा ड्रेन सरसफाई गरिएको थियो । स्थानिय नेता कार्यकर्ताको उपस्थितिमा सरसफाई कार्य सम्पन्न् भएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिघि सभा सदस्य एव्म नेकपा केन्द्रीय सदस्य कृष्ण राईले सरसफाई कार्यको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद राईले जनताको श्रमदानबाटै स्थानिय तथा गाँउको विकास सम्भव भएको भन्दै आफ्नो ठाँउ बनाउन आफै जागरुक भएर लाग्नु पर्ने घारण व्यक्त गरे । उनले इतिहासमा पनि कम्युनिष्टकै श्रमदानबाट विकाश निमार्णका थुप्रै काम भएको भन्दै आगामी दिनमा समेत नेकपाकै अगुवाईमा विकास र समृद्धिले सार्थकता पाउने बताए ।

सांसद राईका अनुसार स्थानिय तह सम्म पार्टी एकताले टुङ्गो छिट्टै लाग्ने र सबैको एकता र सहमती बाटै एकता प्रकृया टुङ्गो लाग्ने बताए । उनले एकताले पुर्णता नपाएपनि पार्टीको हक हितको लागी आफुहरु लागी परेको बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सह ईन्चार्ज हित बहादुर तामाङ,सचिव आनन्द पोखरेल,प्रदेश सभा सदस्य रामेश्वर फुयाmँल,प्रस्तावित काठमाडौं जिल्ला अध्यक्ष रमशरण ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु