मजदुर संगठनहरुद्धारा संघर्षका कार्यक्रम सार्वजनीक,माघ २२ देखी होटल -रेष्टुरा ठप्प

मजदुर संगठनहरुद्धारा संघर्षका कार्यक्रम सार्वजनीक,माघ २२ देखी होटल -रेष्टुरा ठप्प

काठमाडौं  –  मजदुर संगठनहरुले रेवानको निर्णय विरुद्ध संघर्षका कार्यक्रम सार्वजनीक गरेका छन् । ३ मजदुर संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ २० देखी संघर्षका कार्यक्रम शशक्त रुपमा अगाडी बढ्ने बताएका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएन(रेवान)ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिदै आएको १० प्रतिशत शुल्क तिर्नु नपर्ने रेवानको निर्णयका विरुद्ध ३ मजदुर युनियनले कडा संघर्ष गर्ने भएका हुन । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ(माओवादी),नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन (एमाले)र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ (कांग्रेस) हरुले रेवानले एकतर्फी र लहडमा गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेको प्रति खेद प्रकट गदै सच्चाउन २४ घण्टे अल्टीमेटम दिएको थियो तर रेवानले निर्णय नसच्चाई मजदुर तथा श्रमिकको हक हित तथा अधिकारलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रम गर्न बाध्य भएको विज्ञप्ती मार्फत जनाईएको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका बरिष्ठ उपाध्यक्ष कुमार पन्तले श्रमिक तथा मजदुरले खाईपाई आएको सेवासुविधालाई घटाउन नपाईने ऐन तथा नियममै भएको व्यवस्थाका विपरित गएर निर्णय गरेर रेवानले ठुलो गल्ती गरेको बताए । उनले रेवानले अनावश्यक विवाद निकाली अशान्ती सृजना गर्ने साथै मजदुर र रोजगारदाता बिचमा विवाद निकाल्ने कार्य संगठनलाई कदापी सैह्य नभएको बताए । उपाध्यक्ष पन्तका अनुसार २००८ जनवरी ३० मा रेवान र मजदुर संगठनहरु बिच भएको सहमती र सम्झौतालाई उल्ट्याएर एकतर्फी निर्णय गर्दै श्रमिकलाई चिढाउने कार्य रेवानले गरेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने बताए ।

श्रम ऐन २०७४ को दफा ८७ तथा नियम ८२ ख मा समेत सेवा शुल्क वितरण सम्बन्धी स्पष्ट व्यावस्था हुँदा हुँदै ऐन नियन कानुनको विपरित रेवनले गरेको निर्णय सम्पूर्ण मजदुर वर्गको अहितमा भएको भन्दै त्यस्ता निर्णय खारेज नगरे सम्म संघर्ष जारी रहने पन्तको भनाई थियो । मजदुरको कानुनी र व्यावहारीक अधिकारलाई गैरकानुनी ढङ्गबाट निकालिएको विज्ञप्ती सच्चीनु पर्ने उपाध्यक्ष पन्तको भनाई थियो ।

मजदुर संगठनहरुले माघ २० गते दिउसो ४ बजे देशव्यापी रुपमा बृहत कोषसभा गर्ने ,प्रतिस्ठठानस्तरमा सबै खालका विरोघ कार्यक्रम गर्ने,रेवानलाई सार्वजनिक रुपमा वहिस्कार गर्ने,सेवा शुल्क हटाउने रेष्टुरेन्टलाई संचालनमा रोक लगाएने साथै माघ २२ देखी देशव्यापी रुपमा रेष्टुरेन्टहरुमा हडताल गरिने जनाएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु