नेपाल प्रवासि तामाङ युवा मन्च मलेशियाले सोनाम ल्होछार भव्य रुपले मनाउने

नेपाल प्रवासि तामाङ युवा मन्च मलेशियाले सोनाम ल्होछार भव्य रुपले मनाउने

आशिष तामाङ,
काठमाडौं  – सोनाम ल्होछारको अवसर पारेर मलेशियाको जोहोर बारु मा नेपाल प्रवासि युवा मन्च ले भब्य रुपमा संगीतिक कार्यक्रम गर्ने भएको छ ।

विगत लामो समय देखि व्यावसायिक तथा रोजगारीको सिलसिलामा मलेसियाको जोहोरबारु स्थित बस्दै आएका नेपाली तामाङ समुदायका युवाहरुको सकृयतामा खोलिएको मन्चले मलेसीयामा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो ।

मन्चले तामाङ जातिको उत्थान ,भाषा धर्म र साँस्कृतिको सम्बर्द्धनका लागी साथै तामाङ समुदायको मौलिक पर्वलाई जर्गना गर्ने उदेश्य अनुरुप आउदै गरेको ,२८५५ औं सोनाम ल्होछार फाग ड्वा ल्हो (सुंगुर बर्ग)भब्यताका साथ सफल पार्ने तयारीमा रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय कलाकार गायक ,मोडल डान्सर तथा हास्यव्यंग्य कलाकारहरुको बेजोड प्रस्तुति रहने संगीतिक कार्यक्रम संयोजक दिनेश थिङ तामाङले जानकारी दिए । कार्यक्रम जोहोर को सेनाइ स्थित एकाउन्ट सेभ को जिम हल संगै को हल मा फेव्रुअरी १० का दिन भव्य कार्यक्रम हुने संयोजक थिङले बताए ।

कार्यक्रमलाई भव्य बनाउन मलेशिया मा रहनु हुने सम्पूर्ण नेपाली दाजुभार्इ दिदिबहिनीहरुको गरिमामय उपस्थितका लागि आयोजकले निमन्त्रणा गरेको छ ।

कार्यक्रम बिहान १० बजे देखि सँझा ५ बजे सम्म संचालन हुनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु