Breaking News

राष्ट्रिय शहिद तथा शान्ती पार्क समिति खारेज हुने : शहरी विकास मन्त्री राई

राष्ट्रिय शहिद तथा शान्ती पार्क समिति खारेज हुने  : शहरी विकास मन्त्री राई

काठमाडौं –  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई ले राष्ट्रिय शहिद तथा शान्ती पार्कमा रहेको वर्तमान समिति खारेज हुने बताएका छन् ।

आज शहिद दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका- ४ जगडोल स्थित रहेको राष्ट्रिय शहिद तथा शान्ती पार्क (स्मारक) परिसरमा भएको कार्यक्रममा बोल्दै
मन्त्री राईले सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई ले राष्ट्रिय शहिद तथा शान्ती पार्क (स्मारक) निमार्णको लागी आफ्नो १ महिनाको लगातार प्रयासबाट शहरी विकास मन्त्रालय मातहत ल्याउन सफल भएको स्मरण गर्दै राष्ट्रिय शहिद तथा शान्ती पार्क (स्मारक) अहिले लथालिङ र बेथिति अवस्थामा भएको देख्दा लाज लागेर आएको बताएका छन । उनले पार्क निरिक्षणका क्रममा पार्क व्यवस्थापनमा पार्क समितिको लापरवाहीले पार्क अहिले यौनक्रियाको स्थल भएको देख्दा अत्यान्त दुख लागेको बताए । उनले शहिदहरुले गरेको त्याग र बलिदान लाई सम्मान गरेर जोगाउनु पर्ने स्थलमा यस्ता गतिविधि देखिनुमा पार्क व्यावस्थापन समितिको लाचाहारीपन भएको बताए । उनले विगतका दिनमा मन्त्रीको सामान्य तोकका आधारमा समिति निमार्ण भएको भन्दै त्यसलाई खारेज गरिने बताए । उनले पार्क निमार्णमा भएको सुस्ततालाई लक्षित गर्दै पार्क निमार्णको जिम्मा लिने साथै बेथिती अवस्थामा छाड्ने ठेकदारको समेत सम्पती जफत गरेरै भएपनि रकम अशुल्ने बताए ।

उनले ठेकदारलाई दोष दिदै समिति पंन्छीन नपाउने भन्दै ठेकदार भाग्नुमा समेत व्यवस्थापन समितिको गल्ती भएको औल्याए।

मन्त्री राईले वर्तमान पार्क व्यवस्थापन समितिको औचित्य सकिएको भन्दै हचुवा र तोकका आधारमा समिति निमार्ण नभई क्याविनेटबाट पास गरेको अधिकार सम्पन्न समिति निमार्ण हुने बताए । उनले स्थानिय जनता र प्रतिनिधिहरुको सर-सल्लाह र पार्क तथा शहिदको योगदानलाई सम्मान एव्म माया गर्ने व्याक्तीहरु समितिमा रहने समेत जानकारी गराए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई,गोनपा प्रमुख सन्तोष चालिसे,गोनपा -४ का वडा अध्यक्ष श्रिकुमार श्रेष्ठ ,बूनपा -११ वडा अध्यक्ष राजु अधिकारी कागेश्वरी मनोहरा -१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, लगाएतको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुले सम्पूर्ण शहिदहरुको फोटोमा माल्यापर्ण गरेका थिए ।

 

सहिदहरु विचारका खानी र आस्थाका धरोहर हुन ः उपराष्ट्रपति पुन

राष्ट्रिय शहिद पार्क निर्माणमा ढिलाई, नियम मिच्दै अध्यक्षले गरे मनोमानी

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु