यूएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल हुने

यूएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल हुने

यूएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल हुने भएको छ । सरकारले श्रम सम्झौता (एमओयूको) मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले आज यूएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्नेभएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यी टोलीले युएईसँग छलफल गर्नेछ । यूएईले झण्डै डेढ महिना पहिले सम्झौताको खाका नेपाललाई पठाएको थियो । मस्यौदामा धेरै सकारात्मक विषय भए पनि समावेश नभएका वा स्पष्ट हुन नसकेका विषयबारे समेत टुंगो लाग्ने बताइएको छ ।

छलफलमा सहभागी प्राविधिक टोलीले आफ्ना कामदारको सुरक्षा, सेवा सुविधा, र शून्य लागतलगायतका विषयमा कुरा राख्नेछ भने छलफल भोलिसम्म चल्नेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु