Breaking News

मजदुर संगठनहरुको रेवानलाई २४ घण्टे अल्टीमेटम,निर्णय खारेज नभए सम्पूर्ण होटल ठप्प गर्ने चेतावनी

मजदुर संगठनहरुको रेवानलाई २४ घण्टे अल्टीमेटम,निर्णय खारेज नभए सम्पूर्ण होटल ठप्प गर्ने चेतावनी

काठमाडौं  – रेवानको निर्णय २४ घण्टा भित्र खारेज नभए काठमाडौंका सम्पूर्ण होटल ठप्प गर्ने मजदुर संगठनहरुले चेतावनी दिएका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएन(रेवान)ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिदै आएको १० प्रतिशत शुल्क तिर्नु नपर्ने रेवानको निणर्णका विरुद्ध ३ मजदुर युनियनले कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ(माओवादी संम्बद्ध),नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन (एमाले )र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ (कांग्रेस) हरुले रेवानले एकतर्फी र लहडमा गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेको प्रति खेद प्रकट गदै उक्त शेवा शुल्क यथावत रहेको एक विज्ञप्ती निकाल्दै जानकारी दिएका छन् ।

विज्ञप्तीमा भनिएको छ रेवानले मजदुरको कानुनी र व्यावहारीक अधिकारका विरुद्ध सनकपूर्ण निर्णय गरेको भन्दै तिन संगठनहरुले तत्काल त्यसको खारेज गर्न माग गरेका छन् । संगठनहरुले त्यस निर्णय आफुहरुलाई अमान्य हुने भन्दै त्यस निर्णयका विरुद्ध शशक्त प्रतिवाद गर्न सम्पूर्ण मजदुर वर्गलाई आव्हान गरेको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका बरिष्ठ उपाध्यक्ष कुमार पन्तले २००८ जनवरी ३० मा रेवान र मजदुर संगठनहरु बिच भएको सहमती र सम्झौतालाई उल्ट्याएर एकतर्फी निर्णय गरेको भन्दै त्यसको शशक्त प्रतिकार गर्ने बताए । उनले श्रम ऐन २०७४ को दफा ८७ तथा नियम ८२ ख मा समेत सेवा शुल्क वितरण सम्बन्धी स्पष्ट व्यावस्था हुँदा हुँदै ऐन नियन कानुनको विपरित रेवनले गरेको निर्णय सम्पूर्ण मजदुर वर्गको अहितमा भएको भन्दै त्यस्ता निर्णय तत्काल खारेज गर्नु पर्ने बताए । उपाध्यक्ष पन्तका अनुसार २४ घण्टा सम्म त्यो निर्णय खारेज नभएमा काठमाडौंका सम्पूर्ण होटल तथा रेष्टुरा बन्द गर्न संगठनहरु बाध्य हुने जानकारी गराए।

उपाध्यक्ष पन्तले विरोध स्वरुप रेवानले निकालेको विज्ञप्ती जलाईएको जानकारी गराउदै सेवाशुल्क वापतको १० प्रतिशत रकम यथावत रहेको बताए ।

मजदुरको कानुनी र व्यावहारीक अधिकारलाई गैरकानुनी ढङ्गबाट निकालिएको विज्ञप्ती सच्चीनु पर्ने उपाध्यक्ष पन्तको भनाई थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु