Breaking News

साकोस र रोटरी क्लबको संयूक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुँदै

साकोस र रोटरी क्लबको संयूक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुँदै

काठमाडौं  – कागेश्वरी मनोहरा – १ गागलफेदीमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ राजधानी को संयूक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका -१ गागलफेदीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

राजधानीको नजिकै भएका गाँउहरुमा पनि विपन्न तथा गरिब परिवारका जनताहरु पैसा नभएकै कारण उपचारबाट बन्चीत हुन नपरोस भन्ने उदेश्य अनुरुप नै यस्तो बृहत शिविर आयोजना गर्न लागिएको नयाँबाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार राजधानी र राजधानी आसपासका क्षेत्रमा बढ्दो वातावरण प्रदुषणले मानिसहरु विभिन्न रोगको शिकार हुनु पर्ने अवस्था सृजना भएको उल्लेख गर्दै यस्ता रोगहरुलाई बिशेषज्ञको टोलीको उपचार तथा परामर्शबाट भएपनि गरिब तथा विपन्न जनतामा केही मलम लगाउन सकिन्छकी भन्ने लागेरै निशुल्क स्वास्थ्य शिविर गर्न लागीएको बताए ।

शिविरमा नाक, कान, घाटीका बिशेषज्ञ साथै स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी बिशेषज्ञहरुको टोलीले उपचार तथा परामर्श दिने आयोजकले जनाएको छ ।

उक्त शिविर माघ १९ (शनिबार) का दिन कागेश्वरी मनोहरा नगरपालिका वडा – १ को कार्यालय गागलफेदीमा बिहान ९ बजे देखी संचालन हुने छ ।

निशुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो रोगको उपचार गराई मौकाको फाईदा उठाउनुहुन गागलफेदीबासीलाई आयोजक संस्थाहरुले अनुरोध गरेका छन् ।

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ राजधानी ले विगतका दिनहरुमा समेत सामाजिक सेवा अन्र्तगत यस्ता निशुल्क स्वास्थ्य सम्बन्धी सेवाका कार्यक्रहरु गर्दै आएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु