तामाङ समाज युकेले सोनाम ल्होछार भब्यताका साथ मनाउने

तामाङ समाज युकेले सोनाम ल्होछार भब्यताका साथ मनाउने

लण्डन  – बैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा बेलायतमा रहेका तामाङहरुको संस्था तामाङ समाज यूकेले सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ ।

२०१९ फेब्रअरी १० का दिन विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ २८५५ औ सोनाम ल्होछार भब्यताका साथ मनाइने संस्थाका अध्यक्ष कुमार लामा स्याङतानले जानकारी दिएका छन् ।

अध्यक्ष लामाका अनुसार तामाङ जातिको भाषा, धर्म, सँस्कृतिलाई जगेर्ना गर्नुका साथै बिभिन्न सामाजिक काम गर्ने उद्धेश्यले सन २००६ मा स्थापना भएको संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । उनले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै मनाउन लागिएको जानकारी दिए ।

साऊथ ह्यारो स्थित ‘ह्यारो बोरो फुटबल क्लब’ मा आयोजना गरिने उत्तः कार्यक्रममा नेपालबाट आएका कलाकारहरु म्होन्दोमाया गायक, गीतकार यूबी मांग्रेसा, बिरु गोम्जा, अनिल गुरुङको साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु