Breaking News

केन्द्रीय निर्णय वेवास्ता गर्दै गोकर्णेश्वर नगरपालिकाको आफुखुसि निर्णय (नगरसभाका निर्णय हेर्नुहोस्)

''जनता भ्रममा''

केन्द्रीय निर्णय वेवास्ता गर्दै गोकर्णेश्वर नगरपालिकाको आफुखुसि निर्णय (नगरसभाका निर्णय हेर्नुहोस्)

काठमाडौं  – नेपालमा सडक भन्नासाथ बर्खा हिलो र हिउदमा धुलोको पर्यावाचि बनिसकेको छ । सरकारी निकाय बिच समन्वय नहुदा र हाल जनप्रतिनिधि विचको राजनैतिक धुव्रिकरणले जनता मारमा परेका छन् । सडक डिभिजन,सडक विस्तार आयोजना विकास प्राधिकरण जस्ता सडक सम्बन्धी निकायहरु संवेदनशिल नहुँदा स्थानिय जनता हिलो र धुलामा रोमलिन बाध्य छन् । सन्दर्भ हो! जोरपाटी सुन्दरीजल सडकको दुरावस्था,२०४५ साल १० /१३ मा गोरखापत्र राष्ट्रिय दैनिकमा सुचना जारी गरी काठमाडौं जिल्ला भित्रका उपत्यकाको फेदिसम्म जाने निम्न बाटोहरुलाई आर्टेरियल सडक कायम गरी सो बाटोको केन्द्रबाट दाँया बाँया ११ मिटर स्ट व्याक गरी सडक निमार्ण गर्ने निर्णय भएको बर्षै सम्म पनि यो सडक भने जस्ताको तस्तै छ । यसै सडक सँग निर्णय भएका अन्य सडक भने विस्तार एव्म सम्पन्न भईसकेका छन् । तर जोरपाटी सडक खण्डको भने बर्षाै देखी नै कन्त विजोग अवस्थामा रहेको छ ।

स्थानिय सरकार सञ्चालन आए तर स्थानिय सरकार पनि आफु खुसि निर्णय गर्ने र बाटोमा राजनिति गर्ने प्रवृती हावी रहेको देखिएको छ । यसअर्थमा पनि भन्न सकिन्छ कि केन्द्रीय सरकारले निर्णय गरेको सडक खण्डलाई गोकर्णेश्वर नगरपालिकाले भने आफुखुसि निर्णय गर्दै जनतालाई भ्रम फैल्याउृने काम गरेको देखिन्छ । समयक्रम सँगै बढ्दो जनसङ्ख्या र सवारी चाप बढ्दै गएको परिपे्रक्षमा बाटो बढाउन पहलकदमी एव्म समन्वय गर्नुको साटो बाटोनै छोट्याउने गरी ७/ ७ मिटर दाँया बाँया छोडेर सडक निमार्ण गर्न भन्दै क्षेत्रिय सडक निर्देशनालय,उपत्याका बिकास प्राधिकरण र सडक विस्तार आयोजनालाई नगर सभाको निर्णय पठाएको छ ।

२०७३।०३।०३मा आशिष /सि.एस. जेभिले २ वटा प्याकेजमा सडक बनाउने भन्दै ठेक्का लिई २०७५।०५।०३ मा सम्पन्न गर्ने गरी सम्झौता भएतापनि सडकको
अवस्था भने जस्ताको तस्तै रहेको देखिन्छ ।

गोकर्णेश्वर नगरपालिकाले विभिन्न निकाय र स्थानियहरु सँग छलफल ए्वम समन्वय गर्नुको साटो जनताको माग भन्दै सडक छोट्टयाउन निर्णय गर्न भन्दै निर्णय पठाउनु स्थानिय सरकार वा भनौ गोकर्णेश्वर नगरपालिकाको दुरदृष्टी कतिको रहेछ भन्ने कुरा यो नगरसभाको निर्णयबाट प्रष्ट हुन सकिन्छ ।

तर उता जनताभने सामाजिक संजालमै जनप्रतिनिधिहरुले सडक विस्तार लाई वेवास्ता गरेको भन्दै जनप्रतिनिधिको चर्को विरोध गर्दै लेखेका छन् ३ घण्टा सम्म बाटो जामले जनता सडकमा अलपत्र परे जनप्रतिनिघि खोई भन्दै प्रश्न गरेका छन् । तर गोकर्णेश्वर नगरपालिका भने सडक बढाउनुको साटो घटाउने निर्णय गर्दै हिडेको भन्दै स्थानियहरुले नै सामाजिक संजाल मार्फत विरोध जनाएका छन् ।

उता क्षेत्रिय सडक निर्देशनालय र सडक विस्तार आयोजना भने गोकर्णेश्वर नगरपालिकाले पठाएको निर्णयलाई सुझावको रुपमा लिनुले स्थानिय सरकारको प्रभावकारीता कति भन्ने कुरामा समेत प्रश्न चिन्छ उठेको छ ।

दिनहुँ हिडडुल गर्ने विधार्थी एव्म जनताले कति सास्ती भोगिरहेका होलान हामी सहजै अनुमान गर्न सक्छौं ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु