Breaking News

नेपाल बुद्धिष्ट तामाङ सुधार समितीद्धारा सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने

नेपाल बुद्धिष्ट तामाङ सुधार समितीद्धारा सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने
  • आशिस तामाङ,

काठमाडौं  – २८५५ औ फा ल्हो (बदेंल बर्ग)को अवसरमा नेपाल बुद्धिष्ट तामाङ्ग सुधार समितीले आउदै गरेको सोनाम ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम भब्यताका साथ मनाउने भएको छ ।

समितिले  गोनपा -४ स्थित माकलबारीको बस पार्कमा बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेको एक पत्रकार सम्मेलन गरी जानकारी  दिनुका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

कार्यक्रममा संरक्षक सुनबहादुर तामाङ, अध्यक्ष कमान सिहँ तामाङ, प्रमुख सल्लाहकार महेन्द्र थिङ तामाङ, बरिष्ठ उपाध्यक्ष रुप तामाङ, महासचिब गिरीबहादुर तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार राजेन्द्र तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार नरेश तामाङ, पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पुर्णबहादुर तामाङ, उपाध्यक्षहरु रेनु तामाङ र राजु तामाङ, कोषध्यक्ष जोकमाया पाख्रीन लगायतका कार्यसमितीका सदस्य तथा बुद्धिजिवी वर्गहरुको उपस्थीती रहेको थियो ।

समितिका महासचिव गिरीबहादुर तामाङले तामाङले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउन लागिएको बताए । उनले तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्न उदेश्य अनुरुप यो कार्यक्रम गर्न लागेको बताए ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरु गायक तथा संगीतकार अमृत लामा,गायक तथा गीतकार जीवन बोम्जन,गायिका सुनिमाया मोक्तान,गायक शेरब रुम्बाको साथमा स्थानिय कलाकारहरु बिपिन्द्र थिङ्ग तामाङ,सागर ग्लान तामाङ, सीता तामाङको बेजोड प्रस्तुती रहने महासचिब तामाङले जानकारी दिएका छन् ।

समितिले १९ गते नाटाङ डाँडा, राउतवेशी नुवाकोटमा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गर्ने, २२ गते गुम्बामा लामा ल्याएर सुगर बर्गकै संस्कृतिअनुसार पुजापाठ गर्ने र २६ गते सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गर्ने निर्णय समितिले गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु