देश विकास निमार्णको लागी टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी कम्पनीको उदय

देश विकास निमार्णको लागी टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी कम्पनीको उदय

काठमाडौं  – पछिल्लो समय देशमा केही गर्न नसकिएको साथै सरकारले बेरोजगार युवालाई केहि नगरेको भन्दै नेपाली यूवाहरु विदेशीने क्रम बढ्दो छ । सरकारले यूवा लक्षित विभिन्न कार्यक्रहरु लिएर आएता पनि राजनैतिक पहुच र शक्तीका आधारमा त्यस्ता कार्यक्रममा आफ्ना मान्छे राख्ने परिपाटी नौलो होईन । तर यूवाहरु जागरुक भएर देशमै केही गर्न सकिन्छ र देश उन्नती एव्म प्रगतीको बाटोमा लम्काउन यूवा शक्तीकै महत्वपूर्ण भुमिका हुन्छ भन्ने कुरालाई कसैले नकार्न सक्दैनन्।

त्यस्तै एउटा यूवाहरुको समुहलाई उदाहरणको रुपमा लिन सकिन्छ जुन भर्खरै मात्र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुवारीमा खोलिएको टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी प्राईभेट लिमिटेडलाई ,जसले देशमा बढ्दो बेरोजगारीलाई मध्यनजर गर्दै यूवाहरुको एक समुहले देश निमार्ण र उन्न्ती एव्म प्रगतीलाई युवाहरुलाई रोजगार सृजना गरि देशलाई आर्थिक रुपमा समेत प्रबल बनाउने उदेश्य अनुरुप उक्त कम्पनीको उदय गरेका छन् ।

टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी प्राईभेट लिमिटेडको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रतिनिधिसभा सदस्य एव्म नेकपाका केन्द्रीय सदस्य कृष्ण राईले देशमा केही गर्न नसकिएको भन्दै विदेशीने यूवाहरुले टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी प्राईभेट लिमिटेडका युवाहरुको जागरुकता र प्रयासकबाट केही सिक्नु पर्ने बताए ।

सरकारले केही गरेन होईन हामीले के गर्न सक्छौ ?  कस्ता काममा सरकारको सहयोगको आवश्यकता हुन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । सरकारले यूवाहरुलाई विभिन्न पेशा तथा व्यवसाय,कृषी,पशुपालन लगाएतका क्षेत्रमा अनुदान दिदै आएको र त्यस्ता कार्यक्रमहरमा यूवा सक्रिय रुपमा लाग्न सके व्याक्तीको मात्र नभई देशकै उन्नती एवम विकास हुन सक्ने उल्लेख गरे ।

सांसद राईले यस कम्पनीले देखाएको उदारता र एकताबाटै देश निमार्ण गर्न यस्ता यूवाहरुको सोचको आवश्यता रहेको भन्दै यस्ता कम्पनीहरु खोलेर देशमै रोजगारको ढोका खुलाउन मदत पु¥याएको बताउदै यस कम्पनिमा आबद्ध सम्पुर्ण टिमलाई धन्यावाद प्रकट गरे । उनले यस्ता यूवाहरुलाई आफ्नो साथ समर्थन सधै हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा टेरा सागा कन्सट्रक्सन एण्ड कन्सल्टेन्सी प्राईभेट लिमिटेडका निर्देशक अशोक लामा तामाङले यूवाहरुको सामुहिक लगानीमा खुलेको उक्त कम्पनीको उदेश्य नै यूवा जागरण अभियान अन्र्तगत पछिल्लो समय नेपाली यूवा विदेशीने क्रम बढेको भन्दै त्यस्ता यूवाहरुलाई नेपालमै रोजगारीको सृजना गरी देशमै बस्न सक्ने वातावरण बनाउने कम्पनीको उदेश्य रहेको बताए । उनले विदेश भुमीमा बगाउने रगत पसिना नेपालमै बगाउन सके देशकै उन्नती  एवंम विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।


निर्देशक तामाङले विभिन्न किसिमका विकास निमार्णका कार्यहरु जस्तै घर निमार्ण, पुल पुलेसा,भवन निमार्ण देखी सडक निमार्ण लगाएतका यावत काम गर्नुका साथै यस्ता कामहरुमा समेत परार्मश दिने  कम्पनीको उदेश्य रहेको बताए ।

उद्घाटन कार्यक्रममा समाजसेवी रत्न तामाङ (आशु),समाजसेवी श्याम लामा, सिमलटार टोल सुधार समिती अध्यक्ष कुञ्जन श्रेष्ठ, सिमलटार टोल सुधार समिती कोषाध्यक्ष किरण राउत,हातेमालो टोल सुधार समिति अध्यक्ष आङ फुरी शेर्पा लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कम्पनिको संचालक समितिको निर्देशक द्वय अशोक लामा तामाङ र सागर लामा रहेका छन् भने सदस्यहरुमा विवेक राई,विजय लामा,सुजिन श्रेष्ठ,विजय तामाङ,उमेश गुरुङ सहितको ७ सदस्यीए संचालक समिति रहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु