साहित्यकार मोहनराज शर्माको निधन, अन्त्येष्टि भोलि गरिने

साहित्यकार मोहनराज शर्माको निधन, अन्त्येष्टि भोलि गरिने

काठमाडौँ– साहित्यकार मोहनराज शर्माको निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको ८१ वर्षको उमेरमा आज निधन भएको हो ।

शर्माको कलङ्कीस्थित नेशनल अस्पतालमा उपचारकै क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

विसं १९९४ कात्तिकमा काठमाडौँमा जन्मिएका शर्माले नेपाली भाषा–साहित्यमा दिएको योगदान उच्च मानिन्छ । उनका कथा, कविता, उपन्यास, समालोचनाका साथै नाटक र भाषाशास्त्रसम्बन्धी कृतिहरु प्रकाशित छन् ।

शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । शर्माका छोरा विदेशमा रहेको र आउन समय लाग्ने भएकाले उनको अन्त्येष्टि भोलि शुक्रबार मात्र गरिने भएको हो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु