नक्कली नागरिकता र सर्टिफिकेट बनाउने तारकेश्वरबाट पक्राउ

नक्कली नागरिकता र सर्टिफिकेट बनाउने तारकेश्वरबाट पक्राउ

काठमाडौं– सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र र नागरिकतामा रहेको नाम हटाई नक्कली नाम राखेर विभिन्न प्रयोजनका लागि नक्कली कागजात बनाउने कार्यमा संलग्न काभ्रेका विपुन श्रेष्ठलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर बस्ने श्रेष्ठ लामो समयदेखी नक्कली कागजात बनाउने धन्दामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तारकेश्वर नगरपालिका–११ मनमैजुमा रहेको उग्रचण्डी साईबर खोलेर श्रेष्ठले नक्कली कागजात बनाउने गरेको सुचनाका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

साथै, साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी, प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु