Breaking News

शङ्खरापुर र टोखाको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

शङ्खरापुर र टोखाको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

काठमाडौँ– आज यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सवारी दुर्घटनामा वसुन्धारामा एक र शङ्खरापुर नगरपालिकामा अर्का एकको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शङ्खरापुर नगरपालिका–३ जरसिंहपौवा पाखेटोल बस्ने ३४ वर्षीया मञ्जु विक आफ्नै घरमा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने नखुलेको जनाइएको छ ।

टोखा नगरपालिका–७ वसुन्धारामा बा८च ८७६२ नंको कारले बा६६प ५४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८ वर्षीय सफल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धारामा मृत्यु भएको हो । मोटरसाइकल चालक वसुन्धारा बस्ने स्याङ्जा चापाकोटका प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु