नाम रेष्टुरेन्ट तथा क्याफे काम यौन धन्दा

नाम रेष्टुरेन्ट तथा क्याफे काम यौन धन्दा

काठमाडौं  – गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित नयाँवस्ती वरिपरी खोलिएका केही रेष्टुरेन्ट र क्याफेहरुमा यौन धन्दा संचालन गर्दै आएको पाईएको छ ।रेष्टुरेन्ट र क्याफेका नाममा यस्तो व्यवसाय संचालन गरिएको पाईएको हो ।

बिधार्थी पोशाक र १८ बर्ष मुनीकालाई रुम उपलब्ध गराईने छैन भनेर लेखिएको छ तर भित्र भने यौन धन्दाको व्यावसाय फस्टाईरहेको

गोप्य स्रोतका अनुसार केही रेस्टुरेन्ट तथा क्याफेहरुमा रुम संचालनमा छन्,जसमा १ रातको १ हजार देखी १५ सय सम्म रुम भाडा लिने गरेको पाईएको छ ।

कुनै रेष्टुरेन्ट र क्याफेहरुमा ठुलै अक्षरमा यति सम्म लेखिएको छ कि ”बिधार्थी पोशाक र १८ बर्ष मुनीकालाई रुम उपलब्ध गराईने छैन” भनेर लेखिएको छ तर भित्र भने यौन धन्दाको व्यावसाय फस्टाईरहेको देखिन्छ ।

यसरी रेष्टुरेन्ट र क्याफेका नाममा यौन धन्दा संचालन गर्ने व्यवसायीहरुलाई नियन्त्रणमा लिई कारवार्हीको दायरामा ल्याउन सम्बन्धीत निकाय चनाखो हुन जरुरी देखिन्छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु