कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरबाट श्रम स्वीकृति सेवा सुरु

कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरबाट श्रम स्वीकृति सेवा सुरु

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पुनः श्रम स्वीकृति दिन थालिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आज १८ वर्षदेखि साउदी अरबमा रोजगारी गर्दै आएका सुर्खेतका ललित घर्तीलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरुवात गरेका हुन् ।

अब विदेशमा गएर छुट्टीमा आउनेले वीरेन्द्रनगरबाटै पुनः श्रम स्वीकृति पाउने छन् । श्रम तथा रोजगार मन्त्रालयले संघीय राजधानी काठमाडौंमा केन्द्रित सेवा प्रदेशबाटै दिने निर्णय गरेअनुसार कर्णाली प्रदेशले पनि पुनः श्रम स्वीकृतिको सेवा दिन थालेको हो । सुर्खेतबाट श्रम स्वीकृति दिँदा सेवाग्राहीको काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयले फारामसमेत प्रदेश कार्यालयबाटै भर्न सकिने जनाएको छ । कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण विवरण विभागको वेवसाइटमा रहेकाले ‘दलाल’को पछि नलाग्न अनुरोधसमेत गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु