Breaking News

तारेभिर छिट्टै पर्यटकीय क्षेत्रको केन्द्र बन्नेछ :सांसद राई

तारेभिर छिट्टै पर्यटकीय क्षेत्रको केन्द्र बन्नेछ :सांसद राई

काठमाडौं -काठमाडौं निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य एंवम नेकपाका केन्द्रीय सदस्य कृष्ण राईले तारेभिरलाई पर्यटकीय क्षेत्रमा बिकास गर्न पहलकदमी भएको बताएका छन् ।

पाँचौ तारेभिर महोत्सबको उद्घाटन कार्यक्रम बोल्दै सांसद राईले तारेभिर काठमाडौंको नजिकै भईकन पनि हुम्ला जुम्ला जस्तै दुर्गम अवस्थामा रहेको यस क्षेत्रलाई पर्यटक आगमन गराउने केन्द्रमा रुपान्तरण गर्न सरकार र विभिन्न निकायमा पहलकदमी भएको जानकारी गराए ।उनले तारेभिर क्षेत्रमा सडक संजालमा समेत आफु लागीपरेको र आगामी दिनमा समेत सडक बिस्तारमा  साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद राईका अनुसार तारेभिरमा तामाङ समुदायको बाहुल्यता रहेको भन्दै तामाङ जातीका भाषा संस्कृती भेषभुषालाई बचाई राख्नु पर्ने बताए । उनले यस क्षेत्रमा तामाङ जाती उपत्यकाको परिचय समेत भएको भन्दै यसलाई विर्सीए उपत्याको कला संस्कृती नै अधुरो हुने बताए । उनले तारेभिर क्षेत्रका समुदायको कृषी पशुपालनका बिषयलाई प्राथमीकता दिदै सामुहिक योजना अनुरुप कृषी ,पशुपालन र व्यावसायीक रुपमा अगाडी बढाउने सबालमा आफ्नो ध्यान केन्द्रीत भएको बताए ।

सांसदराईले तामाङ समुदायलाई रक्सी पार्ने जात भनेर चित्रित गरिएको भन्दै आगामी दिनमा अन्य देशका सिल प्याक्स मदिरालाई निरुत्साहित गर्दै वैध तवरबाट यसै क्षेत्रमा मदिरा उत्पादन गर्ने  व्यावसाय चलाउन समेत सकिने बताए । आफुले हिजो निर्वाचनका बेला गरेका प्रणलाई नर्बिसिएको बताउदै आगामी दिनमा जनताको सुझाव सल्लाहबाटै यस क्षेत्रलाई विकास र समृद्धिको बाटोमा लाग्न आफु कटिबद्ध भएको जानकारी गराए । उनले आफ्नो क्षेत्रमा जे छ त्यसलाइ उपयोग गर्दै बजारीकिकरण गर्न सके गाँउ समृद्धि र विकासको बाटोमा जान सक्ने औल्याए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले तारेभिरलाई सडक सन्जालमा विकास गर्न सरकारले ३० करोड बजेट विनियोजन गरेको जानकारी गराउदै आगामी दिनमा तारेभिरलाई विकास र समृद्धिको बाटोमा लान सकिने विश्वास व्याक्त गरे ।उनले तारेभिर क्षेत्रका समुदायको संस्कार र संस्कृतीलाई बचाई राख्नु पर्ने उल्लेख गरे ।सांसद फुयाँलले सम्पूर्ण तारेभिरबासीलाई व्यापार व्यावसायमा लागी गाँउलाई समृद्ध बनाउने काममा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा गोनपा प्रमुख सन्तोष चालिसेले तारेभिरको विकास गर्ने आफ्नो दाहित्व भएको भन्दै यसक्षेत्रलाई विकास गर्न पर्यटकिय क्षेत्रमा विकास गर्न लागिएको बताए ।उनले तारेभिरमा केवलकार संचालन गर्ने उदेश्य अनुरुप नगर अगाडी बढिरहेको जानकारी दिए । प्रमुख चालिसेले तारेभिरको विकासका लागी आफु सदैब स्थानिय जनता सँग हातेमाले गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सोहि कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धब खरेलले तारेभिरलाई पर्यटकिय गन्त्व्यमा विकास गर्न बूढानिलकण्ठ नगरपालिका समेत लागी परेको जानकारी दिए । उनले पर्यटन पुर्वाधार नै समृद्धिको आधार भएको भन्दै यस क्षेत्रलाई आन्तरिक एवंम बाह्य पर्यटक भित्राउने काममा सम्पूर्णले तदारुकता देखाउनु पर्ने बताए ।

प्राकृतिक ,सामाजिक सांस्कृतिक बस्तुको अवलोकन गरि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउ भन्ने मूल नाराको साथमा पाँचौ तारेभिर महोत्सब २०७५ मंगलबार समपन्न हुदैछ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु