Breaking News

नेपाली विद्यार्थी विदेशीने क्रम बढ्नु देशकै लागी दुर्भाग्य – सांसद राई

नेपाली विद्यार्थी विदेशीने क्रम बढ्नु देशकै लागी दुर्भाग्य – सांसद राई

काठमाडौं – नेपाल  कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम  काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले नेपाली बिद्यार्थी विदेशीने क्रमलाई रोक्नु पर्ने बताएका छन् । कामनपा -६ स्थित महांकाल प्रोग्रेस ईङ्लिस सेकेन्डरी स्कुलमा स्वयसेवी अभियान नेपाल र लिमिटेड रिसोर्सेस टिचर ट्रेनिङले संयुक्त रुपमा आयोजना गरेको तालिम समापन कार्यक्रमा प्रमुख अतिथिको रुपमा रहेका सांसद राईले सो कुरा बताएका हुन ।

सांसद राईले नेपाली विधार्थी पछिल्लो समय विदेशीने क्रम बढ्नु देशकै लागी दुर्भाग्यपूर्ण भएको भन्दै देशको जनशत्तिलाई देशमै बिक्न सक्ने बनाउन सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले देशमा राम्रा विधालय र विश्वविधालय हुदा हुदै अर्को देशमा जाने प्रवृतिले तिब्रता पाउनुले हामीहरुले नै राष्ट्रियता प्रति अन्तरघात गरिरहेको बताएका छन्  । उनले सरकार ले केहि गरेन भन्दै अन्य देश जानु भन्दा पनि सरकारले गरिरहेका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको खण्डमा देशमै धेरै अवसरहरु रहेको बताए ।


सांसद राईले विदेशमा गएर पढ्नु नराम्रो होईन तर अहिले जसरी ११ /१२ पढ्दा पढ्दै विदेशको भुत देखिदै गएको छ त्यसले देशको प्रगती र समृद्दि हुन नसक्ने भन्दै
विदेशमा गएर सिकेका अनुभव र ज्ञानलाई स्वदेशमा ल्याई पहिचालन गर्न सबैलाई आग्रह गरे ।

‘नेपाल हिजोको जस्तो नेपाल छैन,देशको शिक्षा नितिले धेरै फड्को मारेको छ ,देश समृद्धिको यात्रामा अगाडी बढिरहेको छ । सर्टिफिकेटले मात्र जिवन पूर्ण हुदैन जिवन पूर्ण बनाउन सिप लगशिलता र आत्म विश्वासका साथ अगाडी बढ्नसके देशमै हिरा फलाउन सकिन्छ सांसद राईको भनाई थियो ।

सांसदराईले यस्ता शिक्षा सम्बन्धी कार्यक्रम ल्याई नेपाली विधार्थीहरु र शिक्षकलाई अन्तराष्ट्रिय अनुभव शेयर गर्नेकाम गरेकोमाआयोजक संस्थालार्ई धन्यावाद प्रकट गरे।उनले नेपालमा आएर विदेशका शिक्षा अनुभवलाई नेपाली शिक्षकहरुलाई तालिम प्रदान गर्न आएका विभिन्न व्याक्तीहरुलाई धन्यावाद दिदै आगामी दिनमा समेत यस्ता शिप्मुलक  एबम उपयोगी तालिम लिएर आउन आग्रह गरे ।

कार्यक्रममा भिआईएनका अध्यक्ष भुपेन्द्रकुमार धिमिरेको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा राष्ट्रिय प्याव्सन केन्द्रीय कमिटिका अध्यक्ष रितुराज सापकोटा रहेका थिए । साथै अतिथिमा राष्ट्रिय प्याव्सन केन्द्रीय कमिटिका सचिव सुवास न्यौपाने,राष्ट्रिय प्याव्सन केन्द्रीय कमिटिका पूर्व उपाध्यक्ष सुर्य बहादुर अधिकारी प्याव्सन काठमाडौंका अध्यक्ष बिष्णु प्रसाद पराजुली लगाएतको उपस्थिती रहेको थियो।

राष्ट्रिय प्याव्सन काठमाडौं अध्यक्ष बिष्णु प्रसाद पराजुलीले विश्व बजार अनुरुप नेपालको शिक्षा निति अगाडी बढेको बताए । उनले विश्वनै ग्लोबल भिलेजका रुपमा भईरहेको परिपेक्षमा शिक्षक समय अनुरुप अपडेट हुन नसके विधार्थी भन्दा पछि पर्न सकिने औल्याए । त्यसैले देश भित्रै भएका शैक्षिक संस्थाहरुमा राम्रो अध्यन अध्यापन गराई देशलाई नै उन्न्ती एंव्म प्रगतीको बाटोमा लैजान विधार्थी एंव्म शिक्षक वर्ग जागरुक हुनु पर्ने बताए ।

४ दिन सम्म चलेको उक्त टे«निङ कार्यक्रममा विभिन्न विधालयका प्रध्यापक, शिक्षक लगाएत उपस्थित भएका थिए ।कार्यक्रममा सहभागी विधार्थी ,शिक्षक लगाएतलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सोहि विधालयका विधार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु