नयाँ शक्तिको टोली १० दिने भारत भ्रमणमा जाँदै, यस्तो छ कारण

नयाँ शक्तिको टोली १० दिने भारत भ्रमणमा जाँदै, यस्तो छ कारण

काठमाडौं– नयाँशक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययनका लागि सोमबार भारत भ्रमणमा जाँदैछ ।

प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टीलीले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आमआदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टीमलाई भेटेर नयाँनयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार/प्रचार रणनीति लगायतबारे अध्ययन गर्नेछ ।

आम सञ्चारका मिडियासँगको सम्बन्ध, प्रभावकारी सञ्चार रणनीति, चुनावी सञ्चार/प्रचार रणनीतिका सम्बन्धमा समेत छलफल गर्न राजनीतिक पार्टीका नेताहरुका साथसाथै सञ्चार विज्ञहरुसँग समेत भेटघाट गरी छलफल गर्ने प्रचार विभागप्रमुख पाण्डेले बताए ।

पाण्डेका अनुसार टोलीले त्यहाँका राजनीतिक पार्टीका शीर्ष तहका राजनीतिक व्यक्तित्वहरुसँग पनि भेटघाट गर्नेछ ।

नयाँशक्ति पार्टीको हेडक्वार्टरले विश्वदीप पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो ।

अध्ययन भ्रमणमा नयाँशक्ति पार्टीका युवानेताहरु सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे, दीपकमहतो हुनेछन् ।

भ्रमण १०दिनको हुनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु