बाबा गोकर्णेश्वरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

बाबा गोकर्णेश्वरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं  – बाबा गोकर्णेश्वर यातायात प्रालीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा -८ स्थित नविल फुड ल्याण्ड पार्टी प्यालेसको सभा हलमा प्रालीले साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोनपा प्रमुख सन्तोष चालिसे रहेका थिए भने  अतिथिका रुपमा बौद्ध प्रहरी प्रमुख नरेन्द्र चन्द , गोनपा वडा -८ का वडा अध्यक्ष मनोज ढुङ्गाना,गोनपा वडा- ४ का वडा अध्यक्ष श्रिकुमार श्रेष्ठ,कागेश्वरी मनोहरा नगरपालिका -१ का वडा अध्यक्ष मुकुन्द गजुरेल , टाटा मोर्टस सिप्रद्धि टे«निङ्ग प्रतिनिधि प्रधुन्न केसी ,आइ एम इ मोटर्स प्रालीका प्रतिनिधि सुसिल सुवेदी आइएमई जनरल इन्सोरेन्सका सिइयो योगेस भक्त बाडे श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो।
बाबा गाकर्णेश्वरका संचालक अध्यक्ष भिम बहादुर बस्नेतले यस कम्पनीलाई संचालनमा ल्याउने क्रममा विभिन्न विभिन्न बाधा व्यबधान आएको भन्दै त्यस्ता समस्या र जोखिमलाई चिर्दै आज यो स्थानमा आउन सफ ल भएको बताए । उनले अगामी दिनमा समेत यस व्यवसायलाई अझ व्यवस्थीत र मर्यादित बनाउर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष बस्नेतले यस बाबा गोकर्णेश्वर यातायातलाई आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने विभिन्न संस्था,व्याक्ती साथै वडा कार्यालय, नगरपालिका लगाएत सम्पूर्ण उपस्थित व्यातीहरुलाई धन्यावाद प्रकट गरे ।

कार्यक्रममा प्रमुख अतिथि गोनपा प्रमुख सन्तोष चालिसेले बाबा गोकर्णेश्वरले मर्यादित र व्यवस्थीत रुपमा अगाडी बढाएको भन्दै धन्यावाद प्रकट गरे ।उनले व्यवसाय लाई उन्न्ती र प्रगती गर्न व्यवसायीक दुरदर्शीता हुनुपर्ने बताउदै अझ यसलाई व्यापकता गराउन समेत आग्रह गरे । अध्यक्ष चालिसेले प्रालीले स्टेसनको निर्कौयल सुधार गर्न जरुरी रहेको बताए । उनले स्टेसन लगाएतका बिषयमा विवाद सृजना गरेर होईन एक अर्का सँग मिलेर अगाडी बढ्न आग्रह गरे । जनताको सेबा सुविधाका निम्ती प्रतिबद्धता पूर्वक अगाडी बढ्दै सेवालाई अझ मर्यादित र व्यवसायीक बनाउन आग्रह गरे ।प्रमुख चालिसेले नगरपालिकाले राम्रो र जनताको हितका बिषयमा जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा गोनपा वडा -८ का वडा अध्यक्ष मनोज ढुङ्गानाले बाबा गोकर्णेश्वर यातायातले जनतालाई पु¥याएको सेवालाई अझ बढोतरि गर्दै जान आग्रह गरे। उनले बाबा गोकर्णेश्वर यातायातको विश्वसनिताले नै व्यवसायी यस तर्फ आकर्षीक भएको भन्दै आगामी दिनमा समेत यस्तै प्रभावकारी रुपमा अगाडी बढ्न आग्रह गरे ।अध्यक्ष ढुङगानाले बाटोघाटोको अवस्थालाई मध्यनजर गरी ट्राफिक नियम पालना गर्दै जनतालाई सेवा प्रदान गर्न चालक सहचालकलाई आग्रह गरे ।

कार्यक्रममा गोनपा वडा- ४ अध्यक्ष श्रिकुमार श्रेष्ठले आफ्नै क्षेत्रबाटहरु बाटै यातायात संचालन गरी जनतालाई सेवा दिएको भन्दै बाब गोकर्णेश्वरलाई धन्यावाद दिए । उनले यात्रुहरुलाई सेवामुलक भावले नम्र र सभ्य भएर चालक र सहचालक प्रस्तुत भई सेवा प्रदान गर्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले वडा ४ भित्र पनि एउटा बस स्टेसन राखी जनतालाई अझ सेवा दिन सकिन्छ कि भन्ने योजनाले अगाडी बढेको बताए ।

सोहि कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका -१ का वडा अध्यक्ष मुकुन्द गजुरेलले यातायात व्यावसायी यात्रु मैत्रि हुदै अनुशासन र मर्यादा पूर्वक सेवा प्रदान गर्नुपर्ने बताए । उनले व्यवसायलाई व्वस्थीत गरेर अगाडी बढाउनु पर्ने भन्दै देशले लिएको सुशी नेपाली समृद्ध नेपाललाई समेत यस्ता व्यवसायले सफल बनाउन सक्ने बताए । अध्यक्ष गजुरेलले जनताबाट आएका गुनास तथा सुझाबलाई आत्म साथ गरी प्राली अगाडी बढ्नु पर्ने बताए ।

उक्त कार्यक्रममा टाटा मोर्टस सिप्रद्धि टे«निङ्ग प्रतिनिधि प्रधुन्न केसी ,आइ एम इ मोटर्स पा्रलीका प्रतिनिधि सुसिल सुवेदी आइएई जनरल इन्सोरेन्सका सिइयो योगेस भक्त बाडे श्रेष्ठ लगाएतले बाबा गोकर्णेश्वर यातायातको अझै प्रगतीको कामना गर्दै आफ्ना लक्षहरु पुरा गर्ने सोचमा अगाडी बढोस भन्दै शुभकामना दिएका थिए ।

बार्षिक साधारण सभामा बाबा गोकर्णेश्वर यातायात प्रालिले उपस्थित प्रमुख अतिथि ,अथिति लाई मायाको चिनो प्रदान गरेको थियो भने उत्कृष्ठ चालक सहचालक लगाएतको टोलीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

साधारण सभा कार्यक्रममा प्रालीको आय व्ययको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सज्जु लामा तामाङले प्रस्तुत गरेका थिए ।

१३ वटा बस बाट संचालन गरेको प्रालीमा हाल ८५ बस संचालनमा आएका छन् । काठमाडौंका विभिन्न क्षेत्रमा यातायात क्षेत्रमा सुविधा दिदै आएको बाबा गोकर्णेश्वर यातायात प्रालीले साखु,चावहिल ,बौद्ध,कंलकी, दक्षिणकाली कोटेश्वर रत्नपार्क लगाएतका क्षेत्रमा सेवासुविधा दिईरहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु