तारेभिर महोत्सवको तयारी अन्तिम चरणमा

तारेभिर महोत्सवको तयारी अन्तिम चरणमा

काठमाडौं  – गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित रहेको तारेभिरमा ५ औं तारेभिर महोत्सव माघ १ बाट संचालन हुने भएको छ । गोकर्णेश्वर नगरपालिका,बूढानिलकण्ठ नगरपालिकाका र गोनपा वडा ३ को आर्थिक सहयोगमा तारेभिर महोत्सब कार्यसमितीको आयोजनमा यहि माघ १ र २ गते महोत्सब चल्ने तारेभिर महोत्सब कार्यक्रमका संयोजक जय कुमार लामाले जानकारी दिएका छन् ।

संयोजक लामाका अनुसार कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको बताएका छन् उनले तारेभिर क्षेत्र वरिपरी सरसफाई गर्ने,गेट बनाउने र कार्यक्रम स्टेज  बनाउने कामहरु तिबै रुपमा अगाडी बढेको जानकारी दिए ।

संयोजक लामाले आफ्नो गाँउलाई चिनाउने उदेश्यका साथै गाँउलाई सामाजिक आर्थिक र धार्मीक रुपमा समेत आफ्नो  पहिचानलाई समेत उजागर गर्न महोत्सब महत्वपूर्ण माध्यम भएको बताए । महोत्सवमा स्थानियका व्यापार व्यवसाय र कृषि क्षेत्रका उत्पादनहरु स्टलमा रहनुका साथै स्थानिय कलाकारले सांस्कृतिक कार्यक्रम गर्दै बेजोड प्रस्तुती दिने संयोजक लामाको भनाई थियो ।

महोत्सवको उदेश्यलाई स्पस्ट पार्दै काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले दुरीगत रुपमा काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको भन्दै त्यस ठाँउको धार्मीक सांस्कृतिक पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सवको तयारी भएको बताए । सांसद राईले त्यस क्षेत्रमा भएका व्यावसायिक उत्पादनहरु, कृषी लगाएतका उत्पादनमा समेत पछि परेकोले महोत्सवले अरु क्षेत्रबाट आउने पाउनाले समेत त्यसको जानकारी लिदै भोलीका दिनमा बजारीकिरणमा समेत सहयोगपुगी गाँउ नै विकास र समृद्धीको बाटोमा जान सक्ने बताए । उनले अब स्थानियले नै आफना धर्म संस्कृतिलाई बचाई राख्न आफै जागरुक हुनु पर्ने बताए ।

प्रदेश सांसद रामेश्वर फुयाँले नेपाल सरकारले लिएको भ्रमण बर्ष २०२० लाई समेत टेवा पुग्ने किसिमले उक्त महोत्सब गर्न लागीएको जानकारी गराए । उनले आन्तरिक तथा बाह्य -प्रयर्टकलाई लक्षित गर्नुका साथै तारेभिरको विकासका लागी समेत महोत्सब फलदायी हुने बताए ।
सांसद फुयाँलले हिजोका दिनमा काठमाडौंबाट नजिक भएतापनि सडक समेत नपुगेको ठाँउमा स्थानिय वासी र तात्कालीन प्रतिनिधिहरुको सक्रियतामा सडक संजाल पु¥याई आज ५ औं महोत्सब गर्ने अभियानमा जुटिरहेको भन्दै तारेभिर क्षेत्रका तामाङ जातीका धार्मीक सांस्कृतिक एव्म जातिय भेषभुषा र पहिचानलाई समेत उजागर गर्न महोत्सबले महत्बपूर्ण भुमिका खेलेको जानकारी दिए । यस महोत्सबले स्थानिय जनतामा उत्साह छाएको भन्दै आगामी दिनमा पर्यटकीय क्षेत्रमा विस्तार गर्दै स्थानिय लाई आत्म निर्भरको बाटोमा डो¥याउन स्थानिय उत्पादनलाई बजारिकिकरण गर्ने ,होम स्टे संचालन साथै पर्यटकलाई पैदल यात्रा गर्ने बाटो निमार्ण गर्ने  सोच सहित प्रदेश सरकार अगाडी बढेको बताए ।

महोत्सवलाई यस बर्ष ३ लाँख रुपैँया नगरपालिकाले छुट्याएको जानकारी दिदैं गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले स्थानिय द्यर्म संस्कृति साथै बस्तु तथा उत्पादनको उजागर गर्ने उदेश्य अनुरुप महोत्सब आयोजना हुन लागेको जानकारी दिए । प्रमुख चालिसेले महोत्सवलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन स्थानिय जति जागरुक हुनुपर्ने हो तेती नभएको बताए । उनले गाँउ विकास र समृद्धी बनाउन स्थानिय जाग्नु पर्ने भन्दै महोत्सबलाई विगतको दिन जस्तो नभई अझ प्रभावकारी र आर्थिक विकासमा फड्को मार्ने किसिमको हुनुपर्ने प्रमुख चालिसेको भनाई थियो ।

महोत्सबको उद्घाटनमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सीना उपस्थित हुनेछन साथै काठमाडौका १० वटै नगरपालिका प्रमुख एंव्म उपप्रमुखहरुको सहभागीका हुने आयोजकले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु