गोकर्णेश्वर मेयर कप सम्पन्नः वडा नं ५ ले उचाल्यो मेयर कपको उपाधि

गोकर्णेश्वर मेयर कप सम्पन्नः वडा नं ५ ले उचाल्यो मेयर कपको उपाधि

काठमाडौं– गोकर्णेश्वर मेयर कपअन्तर्गत आजको फाईनल खेलमा गोकर्णेश्वर वडा नं ५ ले गोकर्णेश्वर वडा नं ८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रथम गोकर्णेश्वर मेयर कपको उपाधि उचाल्न सफल भएको छ ।

खेलमा गोकर्णेश्वर वडा नं ८ तर्फका जर्सी नं ७ का किरण लामाले खेलको १६ औ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसलग्गतै वडा नं ५ का तर्फबाट जर्सी नं ७ का नविन लम्सालले २० औं मिनेटमा गोल गर्दै १–१को बराबरीमा ल्याए । सो गोलपछि जर्सी नं ८ का प्रबिन पुडासैनीले गोल गर्दै अग्रता दोब्बर बनाए । यसैगरी दोस्रो हाफको ११ औं मिनेटमा जर्सी नं ४ का गोपी भुजेलले गोल गर्दै ३–१ को नतिजा हात पार्न सफल भयो । सधै राम्रो नतिजा ल्याउने दिनेश राई र गोलरक्षक सुरज लामाले पहेंलो कार्ड खाए ।

नेपालय ईङलिस पब्लिक स्कुल गोकर्णेश्वर नगरपालिका ८ मा २१ गतेदेखी शुरु भएको खेलमा गोकर्णेश्वर ५ बिजयी भई १ लाखको पुरस्कार लिएको छ भने  दोस्रो स्थान हासिल गर्दै गोकर्णेश्वर ८ ले ५० हजार पाएको छ ।

उक्त प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नं का प्रतिनिधि सभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज ढुंगाना, जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सान्नानी लामा, पुर्व राष्ट्रिय खेलाडी एबम प्रशिक्षक चेत नारायण श्रेष्ठ,अर्जुन लामा,रमेश लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक माधब चौधरी, वडा सदस्य नवराज लामा बेंसीगाउ युवा समाजका पदाधिकारी, नेपालय इंगलिस पब्लिक स्कुलका म्यानिजिंग डिरेक्टर बुद्द श्रेष्ठ जोरपाटी फुटबल क्लबका पदाधिकारी ,प्रथम वडा स्तरीय गोकर्णेश्वर मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताका संयोजक प्रदिप लामा, लगायत खेलाडी र खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त प्रतियोगितामा प्रमुख अतिथि सांसद राई ,गोनपा प्रमुख चालिसे  र जोरपाटी फुटवल क्लबका अध्यक्ष दिपक लामाको हातबाट महिला रेफ्री राधिका शाक्य र लक्ष्मी श्रेष्ठ र मेरिना धिमाललाई बल हस्तान्तरण गरी खेल संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए।  समापन  कार्यक्रममा बोल्दै  संसद राईले नयाँ पुस्तालाई फुटबलमा लाग्न उत्प्रेरित गर्ने र यस फुटबल कार्यक्रमको आयोजना गरेकोमा प्रतियोगिता संयोजक दीपक लामालाई तथा आयोजकलाई धन्यबाद दिएका छन् । राम्रो कामको शुरुआत ढिलै भएपनि जोरपाटी फुटबल क्लबले फुटबल कार्यक्रमको आयोजना गरेर नयाँ र राम्रो कार्यको थालनी गरेकोमा बताए । यस्ता प्रकारका शुःभ कार्यको थालनी गर्दा सहजता मिलोस भनी शुभकामना व्यक्त गरेका छन् ।

मेयर कपमा गो.न.पाका मेयर सन्तोष चालिसेले कार्यक्रममा फुटबलको बिकासका निम्ती आफुले फुटबल प्रतियोगिताको आयोजना गरेको बताएका छन् । आयोजकलाई धन्यबाद दिदै महिलालाई रेफ्री राखेकोमा जोरपाटी फुटबल क्लबका आयोजकलाई पनि धन्यबाद दिएका छन् । उनले कार्यक्रममा बोल्दै गो.न.पाले दुईवटा ठुलो फुटबल मैदान निर्माण गर्ने बताए र यसैबर्ष डिपिआर सम्पन्न हुने बताए । आगामी दिनहरुमा यस्तै अन्य कार्यक्रमहरु पनि लिएर आउने पनि उनले बताए ।

वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गानाले जित्नु मात्र ठुलो कुरा नभएको बताएका छन् । उनले अनुशाषित भएर खेललाई सभ्य र भब्य बनाएकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । खेलाडिहरु उत्पादन गर्ने उद्देश्यले मैदान बनाउन लागेको पनि बताए ।

जोरपाटी फुटबल क्लबको आयोजना भएको प्रतियोगिमा उत्कृष्ट खेलाडी किरण लामा, सर्वाधिक गोलकर्ता दिनेश राई, उत्कृष्ट गोल रक्षक कृष्ण चौधरी र उत्कृष्ट प्रशिक्षक श्री बहादुर योगी चुनिए ।

प्रतियोगितामा फेयर प्ले टिम  गोकर्णेश्वर ३ ‘बी’ बनेको छ ।

कार्यक्रमका सभापति दिपक लामाले सबैलाई स्वागत गर्दै जोरपाटी फुटबल क्लव स्थापना हुनुको उद्देश्य खेलाडीहरुभित्रको क्षमतावान खेलाडीलाई स्तरबृद्धि गरेर राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिश्पर्धा गराउनको लागि खेलाडी उत्पादन गर्ने सम्भाब्यताले मेयर कपको आयोजना गरेको बताए ।

महिला रेफ्रीहरुले मात्र संचालन गरेको प्रतियोगितामा  उत्कृष्ट खेलाडी किरण लामा  र प्रतियोगितामा फेयर प्ले टिम  गोकर्णेश्वर ३ ‘बी’ ले १० /१० हजार पाए भने , अन्य खेलाडीले  समान ५/५ हजार प्राप्त गरे ।

समापन कार्यक्रममा नेपालय इंगलिस पब्लिक स्कुलका बिद्यार्थी र छहारी शिखर सांस्कृतिक कला केन्द्रका बिद्यार्थीहरुले स्वागत नृत्य मार्फत मनोरन्जन प्रदान गरेका थिए ।

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु