Breaking News

कोउटिन्होले बार्सिलोना छाड्ने संकेत, नेमारलाई ल्याउने बार्सिलोनाको चाहना

कोउटिन्होले बार्सिलोना छाड्ने संकेत, नेमारलाई ल्याउने बार्सिलोनाको चाहना

एजेन्सी– बार्सिलोना मिडफिल्डर फिलिप कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले कोउटिन्होलाई टोलीको पहिलो रोजाईमा पार्न छाडेपछि कोउटिन्होले बार्सिलोना छाड्ने संकेत देखाएका छन् ।

बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत कोउटिन्हो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने हल्ला चलेको छ । युनाइटेडले पनि कोउटिन्होलाई नजिकबाट नियाली रहेको छ ।

लिभरपुलका पूर्व खेलाडी कोउटिन्होलाई बार्सिलोनाले एकबर्ष अघि एक सय ४३ मिलियन पाउण्डमा भित्र्याएको थियो । २६ बर्षीय कोउटिन्होको बार्सिलोनासँगको संझौता सन् २०२३ सम्म रहेको छ । कोउटिन्होले बार्सिलोनाका लागि ३४ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।

बार्सिलोना अहिले काउटिन्होलाई बेचेर आफ्ना पूर्वस्टार नेमारलाई अनुबन्धन गर्ने चक्करका लागेको समाचार बाहिर आएका छन् । बार्सिलोना नेमारका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने लक्ष्यमा छ ।

नेमार सन् २०१७ को ट्रान्सफर विन्डोमा दुई सय २२ मिलियन पाउण्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए । नेमार पछिल्लो समय पीएसजीमा रम्न नसकेको र बार्सिलोना आउन चाहेको समाचारहरु पटकपटक आईरहेका छन् । पीएसजीसँग नेमारको संझौता सन् २०२२ सम्म रहेको छ । यी दुई खेलाडीको संझैता कसरी तोडिन्छ । त्यो निकै चासोको विषय बनेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु