Breaking News

विवेकशील साझा फुट्यो, नयाँ पार्टीको नाम विवेकशील नेपाली दल

काठमाडौं– विवेकशील साझा पार्टी फुटेको छ । यसअघि रबिन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वमा रहेको पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएपछि पार्टी फुटमा पुगेको हो ।

पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

उज्वल थापा ले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ।

उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु