विराट कोहलीले कमाईमा अक्षय, दीपिका र शाहरूखलाईपनि उछिने

विराट कोहलीले कमाईमा अक्षय, दीपिका र शाहरूखलाईपनि उछिने

एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली सर्वाधिक कमाउने भारतीय सेलिब्रेटी भएका छन्। उनले ब्राण्ड भ्याल्युको मामलामा चर्चित सेलेब्रेटीलाई समेत पछाडि छोडेका छन्।

युथ आइकन कोहली डफ एण्ड फेल्प्सका सेलिब्रेटी ब्राण्ड लिस्टमा लगातार दोस्रो वर्ष शीर्ष स्थानमा रहेका हुन्। कोहलीले १७०.९ मिलियन डलर अर्थात १९१३.६ करोड रूपैयाँको ब्याण्ड भ्याल्लुसँगै शीर्ष स्थानमा कायमै रहेका हुन्।

शीर्ष १० भित्र अटाउने एक मात्र खेलाडी कोहलीमात्र हुन्। बाँकी सबै बलिउडका चर्चित सेलिब्रेटीहरू छन्। यो लिस्टको दोस्रो स्थानमा ११४७.२ करोडसहित दिपिका पादुकोण छन्। तेस्रो स्थानमा अक्षय कुमार, चौथो स्थानमा रनवीर कपुर तथा पाँचौ स्थानमा शाहरूख खान छन्।

हेर्नुहोस् कसको ब्राण्ड भ्यालु कति?

 

विराट कोहली१९१३६ करोड
दीपिका पादुकोण११४७.२
अक्षय कुमार७५३.६ करोड
रनवीर सिंह७०५.६ करोड
शाहरुख खान७६८.४ करोड
सलमान खान६२४ करोड
अमिताभ बच्चन४६०.८ करोड
आलिया भट्ट४०३.२ करोड
वरुण धवन३५३.६ करोड
ऋतिक रोशन३४७.२ करोड

कसको भागमा कति विज्ञापन

विराट कोहली२४
अक्षय कुमार२२
दीपिका पादुकोण२१
रनवीर सिंह२५
शाहरुख खान१३

अघिल्लो वर्षको ब्याण्ड भ्यालु अमेरिकी डलरमा

सेलेब्रिटी२०१८२०१७
विराट कोहली१७११४४
दीपिका पादुकोण१०२९३
अक्षय कुमार६७४७
रणवीर सिंह६३४२
शाहरुख खान६११०६

वडा समाचारहरु

सम्बन्धित समाचारहरु