कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिमा सार्वजनिक विदा दिने

कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिमा सार्वजनिक विदा दिने

सुर्खेत- कर्णाली प्रदेश सरकारको बैठकले कर्णाली प्रदेशमा माघे संक्रान्ति पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले ७ वटा निर्णय गरेको छ । प्रदेशमा बसोबास गर्ने साँस्कृतिक, सामाजिक समुहहरुलाई लक्षित गर्दै प्रदेशमा माघ १ गते सार्बजनिक बिदा दिने घोषणा गरिएको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकको सार्बजनिक बिदा निर्णय अन्र्तगत समग्र बर्षभरिको सार्बजनिक बिदा निर्धारण गर्नको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा तीन सदस्य रहेको सार्बजनिक बिदा निर्धारण सुझाव समिति गठन गरेको छ । सदस्यमा सामाजिक बिकास मन्त्री दल रावल, यज्ञराज बोहरा सदस्य सचिव, मुख्य मन्त्री तथा मन्त्रि परिषद कार्यालय रहेका छन् । यसले सबैको सुझाब लिई बार्षिक बिदाको पात्रो बनाएर मन्त्रिपरिषद बैठकमा सुझाव पेश गर्ने काम गर्दछ ।

कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरेको छ । सामाजिक विकास मन्त्रालयले कार्यविधि तय गरेको हो ।
मन्त्रालयले तयार गरेको प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री भण्डारीले जानकारी दिए । घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ । उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु