Breaking News

अदुवाले मूल्य राम्रो पाउँदा किसान उत्साहित

डोटी– अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।

सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताए । “गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो”, मौनीले भने, “पन्ध्र क्विन्टल फलाएको भए पनि मूल्य घटेकाले व्यापारीले किन्न पनि मानेनन् ।” उनले गत वर्ष बिपीनगर बजारमा आफैं अदुवाको भारी बोकेर बेच्न लग्नुपरेको पीडा सुनाए । तर यो वर्ष व्यापारी तथा अदुवा कम्पनी घरघरमै आएर अदुवा लैजान लागेका छन् ।

गत वर्ष किसानले मुस्किलले अधिकतम २० रुपैयाँसम्म प्रतिकिलो अदुवाको मूल्य पाएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु