रणवीरसँग आलियाको इन्गेजमेन्ट गर्ने तयारीमा परिवार

रणवीरसँग आलियाको इन्गेजमेन्ट गर्ने तयारीमा परिवार

मुम्बई– यतिखेर भारतीय संचार माध्यममा रणवीर र आलियाको प्रेम सम्बन्धले खुबै स्थान पाइरहेको छ । यो जोडिले प्रेम सम्वन्ध भन्दा अघि बढेर विवाह गर्ने तयारिमा लागेको बुझिएको छ । रणवीरको अभिभावक ऋषी कपुर र आमा नीतू पनि छिट्टै यी दुईको बिहे होस् भन्ने चाहन्छन् । सोही अनुसार उनीहरु आगामी जून महिनामा जोडीको इङ्गेजमेन्ट गराउने तयारीमा छन्।

त्यसो त आलिया र रणवीर करियरको उचाईमा छन् यतिबेला र प्रायः एक अर्काको अपोजिट भई मात्र फिल्म खेल्ने चाहना गरिरहेका छन् । आलिया र रणवीरको हातमा अहिले एकपछि अर्को प्रोजेक्ट आइरहेको छ । आलियाको ‘राजी’ र रणवीरको ‘सन्जु’ हिट भएपछि अहिले उनीहरूलार्इ एकपछि अर्को फिल्मका स्कृप्ट लिएर निर्देशक निर्माता उनीहरू कहाँ धाइरहेका छन् । उनीहरूको स्टारडम पनि ह्वात्तै बढेको छ ।

यसअघि आफूले खेलेका फिल्ममा अरु कलाकार को छन् भन्ने खासै चासो नदिने यिनीहरूले आजकल भने सबैभन्दा पहिले हिरो हिरोइन को राख्ने भनेर सोध्छन् । प्रेम सम्बन्धमा रहेका उनीहरू एकअर्कासंग समय बिताउनका लागि पनि यस्तो अडानमा रहेको बुझ्न सकिन्छ ।

आलिया र रणबीरले एकअर्काको परिवारसँग राम्रो सम्बन्ध बनाइसकेका छन् । आलिया कपुर परिवारको हरेक पार्टीमा सहभागी भइरहँदा रणवीर पनि समय निकालेर आलियाको परिवारको पार्टीमा पुग्ने गर्दछन् । फिल्म ‘ब्रह्मास्त्र’को सुटिङको क्रममा भेट भई प्रेममा परेका यी जोडिको तत्काल बिहे गरिहाल्ने योजना नभएपनि रणवीरको आमा नीतूले भने लामो समय कुरिरहन उपयुक्त नहुने र रणवीरको विवाह गराउन आफु आतुर रहेको बताएकी छिन् ।

फिल्म ब्रम्हास्त्रको सुटिङको क्रममा यो जोडीको भेट भएको थियो भने यसै फिल्मको सुटिङको समय उनीहरु नजिकिएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु