सात तस्बिरमा हेर्नुहोस राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म जयन्ती

सात तस्बिरमा हेर्नुहोस राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म जयन्ती

काठमाडौं– राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन आज विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएपनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

सोही अबसरमा आज सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिगमा यसरी यसरी स्मरण गरियो ।

हेर्नुहोस तस्बिरमाः

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु