Breaking News

औपचारिक भ्रमणको लागि प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार प्रस्थान गरेका हुन् । धानसेनापति थापा माघ २ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित भारत तर्फ प्रस्थान गरेका हुन् ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई २८ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसै भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा South-Western Command जयपुर र Central Command लखनऊको भ्रमण गर्नेछन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु