Breaking News

अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु, एक बालिका घाइते

विराटनगर– शुक्रबार (आज) दिउँसो विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ, भनेको अर्को एक बालिका घाइते भएकी छन् ।

अज्ञात वस्तु बिस्फोट हुँदा सुवास मण्डलको छोरा अमित मण्डलको ज्यान गएको हो । सोही बिस्फोटमा परी राजेश मण्डलकी आठ वर्षीया छोरी राधिका कुमारी पनि घाइते भएकी छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा घाइते बालिकाको उपचार भइरहेको छ । भने गोल्डेन अस्पतालमा उपचारका क्रममा अमितको मृत्यु भएको प्हरीले जनाएको छ ।

प्रहरीको भनाई अुसार विस्फोटको विषयमा अनुसन्धान भइरहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु