माघ ११ देखि गोकर्णेश्वर महांकाल मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ

माघ ११ देखि गोकर्णेश्वर महांकाल मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ

काठमाडौं  – गोकर्णेश्वर नगरपालिका–८ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा आगामी माघ ११ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेका खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आयोजक समितिले जनाईएको छ ।

मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्धार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदिको पवित्र लक्ष्य सहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको बताईएको छ। ।

महायज्ञमा प्रख्यात पण्डित शिवप्रसाद सापकोटाले श्रीमद्भ भागवत सप्ताह ज्ञान महायज्ञ वाचन गर्नेछन् ।

प्राचीन राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वी क्षेत्रमा महांकाल सहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे बेदमणिले जानकारी दिए ।

सप्ताह ज्ञान महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न श्रीचन्द्र नगरकोटीको संयोजकत्वमा ११ सदस्यीय श्रीमद्भ भागवत ज्ञान महायज्ञ सञ्चालन मूल आयोजक समिति समेत गठन गरिएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु