अशोक दर्जीको घर नजिकैं एक घरमा आगलागी ,घरसँगै गाई बाख्रा जलेर नष्ट

अशोक दर्जीको घर नजिकैं एक घरमा आगलागी ,घरसँगै गाई बाख्रा जलेर नष्ट

झापा  – चर्चीत बालगायक अशोक दर्जीको घर नजिकै छिमेकीको  एक घरमा आगलागी भएको छ ।

झापाको दमक नगरपालिका वडा न २ स्थित हरिप्रसाद निरौलाको घर तथा गोठमा बिहीबार बिहान ६ बजे भएको आगलागीबाट एक घरसहित १ गाई, २ बाख्रा र घरभित्र रहेका सम्पूर्ण, खाद्यान्न, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहीबार बिहान भएको आगलागीमा दमकल आगो निभाउन पुगेपनी पानी भने बाटोमा नै चुहिएर सकिएको स्थानियले जनाएका छन् ।

दमकल पुरानो र बिग्रेकोले गर्दा पर्याप्त मात्रामा आगो निभाउन दमकलमा पानी नभएकोले धेरै धनमालको क्षति भएको स्थानियहरुले बताएका छन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु