Breaking News

मलेसियामा सोनाम ल्होछार भव्यताका साथ मनाउने

लनम तामाङ,
मलेसिया  – मञ्जुश्री संवत २८५४, औं सोनाम ल्होछार (खि) नागी ल्हो लाई बिदाई गर्दै २८५५,औं सोनाम ल्होछार (फाग्) ल्हो सुंगुर ल्हो लाई पछ्याउदै तामाङ जातीको महान पर्व सोनाम ल्होछार तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा भब्यताका साथ मनाउने भएको छ ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक तथा संगीतकार संजीव वाईबा तामाङ,नेपाली तारा गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ तामाङ,नायिका सुष्मा मोक्तान तामाङ गायिका सुजना रुम्बा तामाङ साथमा म्हेन्दोमाया बरिष्ट गायिका, संगीतकार तथा रचनाकार मिना थोकर तामाङ सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आउदो फेब्रुअरी ५ तारिखका  दिन मलेसियाको मुख्य शहर क्वालालम्पुर स्थित एरेना स्टार होटलमा कार्यक्रम आयोजना गर्न लागेको हो

मलेसियामा रहेका तामाङ हरु एक हुनु पर्छ,हाम्रो हृम,ठिम हामी आफैले सजाउनु पर्छ,यो हाम्रो कर्तव्य लाई हामीले पालना गर्नै पर्छ,ल्होछार हाम्रो चाड हो भनेर दुनियाँसामु चिनाउनै पर्छ,जहाँ हामी एक हुन्छौ  त्यहाँ समस्याको समाधान हुनै पर्छ,अनि मात्र जहाँ तामाङ त्यहाँ तामाङको चिनारी हुन्छ र हुनै पर्दछ भन्दै सम्पुर्ण तामाङहरु एक हौ,हाम्रो भाषा,धर्म,सस्कृती लाई जगेर्ना गरौ भन्ने मुल नाराको साथ तामाङ समुदायको महान चाड सोनाम ल्होछार  मनाउन लागेको हो ।

विगत १५,वर्ष देखि निरन्तर मलेसियामा कार्यरत तामाङहरु एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको जनाईएको छ ।

आयोजक समितिले विशेष गरि मलेसियामा कार्यरत सम्पुर्ण तामाङ समुदाय साथै सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थिति भै ल्होछार लाई भव्यताका साथ मनाउन अनुरोध गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु