यि नायीका जसले ६ जनासँगको अफेयरपछि विवाह गरिन

यि नायीका जसले ६ जनासँगको अफेयरपछि विवाह गरिन

मुम्बई  – बलिउडकी अभिनेत्री विपाशा वसुले ७ जनवरीमा आफ्नो ३९औं जन्मदिन मनाएकी छन्। विपाशा फिल्ममा आउनुभन्दा पहिले सुपर मोडल थिइन्। विपाशालाई हरर फिल्मका लागि स्मरण गरिन्छ। अहिलेसम्म विपाशाले धेरै हरर फिल्ममा काम गरेकी छन्। उनको पहिलो हरर फिल्म ‘राज’ थियो, जुन सफल मानियो।

दुई वर्षदेखि बलिउडबाट टाढा रहकी विपाशा पति करण सिंह ग्रोवरसँग विवाहित जीवन बिताइरहेकी छन्। उनीहरूको विवाह सन् २०१७ मा भएको थियो। करणको यो तेस्रो विवाह हो। यसअघि उनले श्रद्धा निगम र जोनिफर विंगेटसँग विवाह गरेका थिए। विपाशा विवाहअघि बलिउडका ६ जना अभिनेतासँग डेट गइसकेकी थिइन्।

विपाशाको पहिलो प्रेमी सुपर मोडल मिलिन्द सोमन हुन्। विपाशा र मिलिन्दको भेट मोडलिङका क्रममा भएको थियो। यसपछि विपाशा डिनो मोरयासँग जोडिइन्। उनी जोन अब्राहमसँग १० वर्षसम्म रिलेसनमा रहिन्। विपाशाको सम्बन्ध फिल्म बाहुबलीका राणा दुगुबत्तीसँग पनि थियो। दुगुबत्तीपछि उनी सेफ अली खानसँग पनि जोडिइन्। फिल्म ‘रेस–२’को सुटिङका क्रममा उनीहरू जोडिएका हुन्। यसपछि विपाशाको नाम हरमन बवेजासँग जोडियो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु