गोकर्णेश्वर मेयर कप :वडा-५ फाईनलमा प्रवेश

गोकर्णेश्वर मेयर कप :वडा-५ फाईनलमा प्रवेश

आशिस तामाङ,

काठमाडौं  – गोकर्णेश्वर मेयर कप सेभेन ’ए’ साइट नकआउट फुटबल प्रतियोगीताको हिजो (बिहिबार) भएको सेमिफाइनल खेलमा वडा न.५ विजय भए सँगै फाईनलमा प्रवेश गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहकार्य र जोरपाटी फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ ले वडा नम्बर ४ ’बी’ लाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो सेमिफाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर ५ का बिकास राई भए । राईलाई वडा न . ६ का वडा सदस्य नवराज लामा ले म्यान अफ दी म्याचको ट्रफी प्रदान गरेका थिए ।

गोकर्णेश्वर ८ बेसीगाँउ स्थित नेपालय ईङलीस पब्लीक स्कुलको खेलमैदानमा भएको फुटबल प्रतियोगिताको फाईनल खेल भोली हुने प्रतियोगीता संयोजक प्रदिप लामाले जानकारी दिएका छन् । भोलीहुने फाईनल प्रतियोगीतामा वडा नम्बर ५ र वडा न. ८ बी फाइनल खेल खेल्नेछन् ।

खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु