Breaking News

गोकर्णेश्वर मेयर कप : वडा-२ लाई पराजित गर्दै वडा-८ ‘वी’ फाईनलमा प्रवेश

आशिस तामाङ,

काठमाडौँ  – गोकर्णेश्वर मेयर कप अन्तर्गत हिजो भएको पहिलो खेलमा गोकर्णेश्वर ८ ‘वी’ विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहकार्य र जोरपाटी क्लबको आयोजनमा प्रथम वडा स्तरीय मेयर कप सेभेन ए साईड प्रतियोगिताको बिहिबार भएको खेलमा वडा २ लाई पराजित गर्दै वडा ८ फाईनलमा प्रवेश गरेको हो ।

निकैनै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा गोकर्णेश्वर ८ ‘वी’ र वडा २ बिचको खेलम टा«ईबेकर सम्म पुगेको थियो ।अघिल्लो खेलमा राम्रो प्रदर्शन गर्ने गोकर्णेश्वर ८ ‘वी’ का  जर्सी नं ९ दिनेश राईले यो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेनन । राईले विपक्षी टिमका गोल रक्षकलाई फल गर्दा पहेलो कार्ड पाए ।निकै रोमान्चित बनेको खेलमा दुबै टिमको तर्फबाट निर्धारित समय भित्र गोल हुन नसकेपछि खेल पेन्नान्टी सुट आउटमा पुगेको थियो ।त्यस्तै टिम ८ ‘वी’ जर्सी नं ३ का दिपक गौतमले  वडा २ जर्सी न. ८ का खेलाडी दिपेन्द्र लामालाई फल गर्दा रेफ्री राधिका शाक्य ले रेड कार्ड दिदा मैदान बाहिर जानु परेको थियो ।उक्त खेलमा वडा २ ले गोल गर्ने  राम्रो अवसर पाए पनि अवसरको सदुपयोग गर्न सकेन ।

खेल प्रतियोगितामा पेनाल्टी सुटआउटमा वडा न ८ का जर्सी न १० खेलाडी दुर्गालाल श्रेष्ठले पहिलो गोल पोष्ट भित्र छिराउन सफल भए ,त्यसैगरी, जर्सी न.७ किरण लामा र जर्सी नं ९  दिनेश राईले गोल गरे । यता वडा नं २ का तर्फबाट क्याप्टेन जर्सी नं ५ महेश नेपालीले पहिलो गोल गरे । त्यस्तै जर्सी नं ६ का किशोर गहतराजले पनि पेनाल्टी सुटआउटमा चुकेनन तर अन्तीम पेनान्टी पर्काउने क्रममा वडा २ का जर्सी नं ८  दिपेन्द्र लामाले गोल गर्न नसक्दा वडा ८ वी  का दिनेश राईले टिमलाई फाइर्नलमा पु¥याउन सफल भए भने वडा नं २  को सेमिफाईनलबाटै यात्रा टुङ्ग्यो ।

उक्त खेलको म्यानअफ दी म्याच वडा ८ का गोल किप्पर सुरज तामाङले पाए उनलाई युवा समाज सेवी लाल बहादुर तामाङको हातबाट ट्रफी प्रदान गरिएको थियो  ।

फाईनल पुगेको टिम वडा ८ वी का जर्सी न.९  दिनेश राईले ३ खेल खेल्दै अहिले सम्म १७ गोल गर्न सफल भएका छन् ।

गोकर्णेश्वर ८ बेसीगाँउ स्थित नेपालय ईङलीस पब्लीक स्कुलको खेलमैदानमा भएको गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिताको फाईनल खेल भोली हुने प्रतियोगीता संयोजक प्रदिप लामाले जानकारी दिएका छन् ।

खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु